२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

एलिनाको आत्मालोचनाः आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिएँ, अब त्यस्तो गल्ती गर्दिनँ

एलिनाको आत्मालोचनाः आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिएँ, अब त्यस्तो गल्ती गर्दिनँ
अ अ+ अ-

काठमाडौँ । गायिका एलिना चौहानले पर्वतको एक साङ्गीतिक कार्यक्रममा आफूले गरेको व्यवहारप्रति आत्मालोचना गर्दै आगामी दिनहरुमा यस्तो गल्ती नगर्नेमा आफू प्रतिवद्ध रहेको जनाएकी छन् ।

सो घटनामा तत्कालिन समयमा आफू आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेको भन्दै उनले आत्मालोचना समेत गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा भनेकी छन्ः

जीवन भनेकै सिकाई र भोगाई त रहेछ। देश तथा विदेशका श्रोता दर्शकको माया नै मेरा लागि अक्सिजन हो। त्यहि कारण म जे छु आज छु। हिजो जस्ती थिए उस्तै छु। सफलता र प्राप्तिले मलाई आफ्नो धरातल कहिल्यै बिर्साएन। बिर्सिने पनि छैन। किनकी मलाई त भुँईबाट उठाएर तपाईंहरुले गायिका बनाउनुभयो।

तपाईंहरुकै मायाले आज देश तथा विदेशका आयोजकहरुले मलाई मञ्च उपलब्ध गराईरहनुभएको छ। त्यसैले पनि पारिश्रमिकलाई महत्व नदिई सकेसम्म म सबै जसो ठाउँमा पुग्ने प्रयास गरिरहेकै छु।

साउण्ड ईन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियोर भिडियो सम्पादक सबै पर्दा पछाडीका हिरो हुन। जो हामीलाई दर्शक श्रोता बिच पुर्याउने मुल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनो गरि बुझेको छु। म उहाँहरुको सम्मान र स्वाभिमान प्रति सधै सचेत छु।

यति हुदा हुदै पनि गत हप्ता पर्वतको एउटा साङ्गीतिक कार्यक्रममा प्रस्तुतीका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनु पर्ने थियो।

सो घटनामा तत्कालिन समयमा म आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गर्दछु। मञ्चिय प्रस्तुतीका क्रममा साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु। आगामी दिनहरुमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु। जय गीत, जय संगीत।
गायिका
एलिना चौहान।