१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस वर्ल्डको फाइनल आज मुम्बईमा हुँदै



अ+ अ-

एजेन्सी । भारतले २७ वर्षपछि मिस वर्ल्ड आयोजना गर्दैछ । मिस वर्ल्ड(२०२३ को फाइनल आज साँझ मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा हुँदैछ । जसमा फेमिना मिस इन्डिया–२०२२ की विजेता सिनी शेट्टीले भारतको प्रतिनिधित्व गर्नेछिन् ।

मिस वर्ल्ड संसारको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो । तर, यो बेलाबेलामा विवादमा पर्ने गर्दछ । सन् १९९६ मा भारतको बेंगलुरुमा आयोजना गर्दा कर्नाटकभर आन्दोलन सुरु भयो । त्यही क्रममा सन् १९७० मा बेलायतमा भएको एक कार्यक्रममा ६० जना महिलाले हलमा सडेको पीठोको गोला हानेका थिए ।

दोस्रो विश्वयुद्धको केही वर्षपछि बेलायती सरकारले ‘फेस्टिभल अफ ब्रिटेन’ कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रमको आयोजनाको जिम्मेवारी लण्डन कम्पनी मक्का लिमिटेडको थियो । यस कम्पनीका प्रचार निर्देशक, एरिक मोर्ली, अधिकतम भीड जम्मा गर्न चाहन्थे । यसका लागि उनले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरे ।

अमेरिकन पब्लिक ब्रोडकास्टिङ सर्भिसका अनुसार सन् १९५१ मा पहिलो पटक मिस वर्ल्ड प्रतियोगिता आयोजना गरिएको थियो । यो प्रतियोगिता बेलायतले आयोजना गरेको थियो । एरिक मोर्ली यस प्रतियोगितामा सहभागी मोडलहरूको ड्रेस कोड बिकिनी होस् भन्ने चाहन्थे । आयरल्याण्ड र स्पेनले ड्रेस कोड बिकिनी भएमा कार्यक्रममा भाग नलिने धम्की दिए । यसपछि वान पिस बाथिङ सूट लगाउने निर्णय गरियो ।

१९५१ मा, मानिसहरूको ठूलो भीड यो कार्यक्रम हेर्न जम्मा भयो । त्यसपछि हरेक वर्ष यो कार्यक्रम गर्ने निर्णय भयो । टिभीको सुरुवातपछि यो कार्यक्रमको लोकप्रियता झनै बढ्यो ।