२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

प्रधानमन्त्री दाहालले ३० गते विश्वासको मत लिने !

प्रधानमन्त्री दाहालले ३० गते विश्वासको मत लिने !
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको आगामी बैठकमै विश्वासको मत लिने तयारी गरेका छन् । प्रतिनिधिसभाको बैठक फागुन ३० गते शुक्रबार बस्दै छ ।

आफूलाई विश्वासको मत दिएको कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री दाहालले सत्ता सहयात्री दल कांग्रेसलाई हटाएपछि उसले सरकारलाई दिएको समर्थन २४ गते फिर्ता लिएको थियो ।

प्रधानमन्त्री दाहालले अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई गठबन्धनमा आबद्ध गरेका छन् । यी दलको सांसद संख्या जोड्दा स्पष्ट बहुमत पुग्छ । ढिला गरी विश्वासको मत लिन खोज्दा सहयात्री दलबीच खटपट हुनसक्ने भएकाले प्रधानमन्त्रीले चाँडै विश्वासको मत लिने तयार गरेका हुन् ।

सत्ता गठबन्धन दलमध्ये नेकपा एमालेका ७७, नेकपा माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन् । यी सबै मत जोड्दा प्रधानमन्त्रीको पक्षमा १ सय ५२ सांसद पुग्छ । विश्वासको मत पाउन १ सय ३८ सदस्य भए पनि पुग्छ । तर पाँच दलीय गठबन्धनमा फरक वैचारिक धारका पार्टी भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने भएकाले दाहालले ३० गते नै विश्वासको मत लिने तयारी गरेका हुन् ।

विश्वासको मत चाँडै नलिए गठबन्धनमा फुट आउनसक्ने चिन्ता पनि प्रधानमन्त्री दाहालको छ । किनकी कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेदेखि नै यो गठबन्धन टुटाउने कसरतमा छन् । उनले मधेस केन्द्रीत दलहरुसँग नयाँ समीकरणका बारेमा छलफल गरिसकेका छन् । यो अवस्थामा तत्कालै विश्वासको मत लिने चाहना प्रधानमन्त्री दाहालले राखेका हुन् ।