• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

भारतले भोलिदेखि माल्दिभ्सबाट आफ्ना सैनिक फर्काउने



काठमाडौं । भारतले भोलिदेखि माल्दिभ्समा रहेका आफ्ना सैनिक फर्काउने भएको छ । छिमेकी देश चीनसँग माल्दिभ्स नजिकिएपछि भारतले त्यहाँ रहेका आफ्ना सैनिक फिर्ता गर्न लागेको हो ।

माल्दिभ्ससमा झन्डै ८० जना भारतीय सैनिक छन् । उनीहरुलाई आउँदो मे महिनाभित्रै फिर्ता गरिसक्न माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले समयसीमा तोकेका छन् ।

भारतले माल्दिभ्सलाई वर्षौँअघि अनुदानमा दिएका उद्धारमा प्रयोग हुने दुईवटा हेलिकोप्टर र एउटा सानोे विमानको मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनि तैनाथ गर्दै आएको थियो । गत नोभेम्बरमा निर्वाचित भएका राष्ट्रपति मुइज्जुले भारतीय सेनालाई आफ्नो देशबाट हटाउने निर्णय लिएका थिए ।

अब भारतका गैरसैनिक प्राविधिक कर्मचारीले विमान सञ्चालन गर्ने छन् । भारत र माल्दिभ्सबीच विगतमा राम्रो सम्बन्ध थियो । तर पछिल्ला केही महिनायता बिग्रिँदै आएको छ ।

यसैबीच माल्दिभ्स सरकारले चीनसँग सैन्य सहायता सम्झौतामा हस्ताक्षर गरेको छ । तर अत्यावश्यक खाद्यवस्तु, औषधि र निर्माण सामग्री आयातका लागि माल्दिभ्स भारतमा निर्भर छ । माल्दिभ्समा सबैभन्दा धेरै पर्यटक भारतबाट नै जाने गरेका थिए । तर दुई देशबीचको सम्बन्ध बिग्रिएसँगै भारतीय पर्यटक घटेका छन् ।