२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले भोलिदेखि माल्दिभ्सबाट आफ्ना सैनिक फर्काउने



अ+ अ-

काठमाडौं । भारतले भोलिदेखि माल्दिभ्समा रहेका आफ्ना सैनिक फर्काउने भएको छ । छिमेकी देश चीनसँग माल्दिभ्स नजिकिएपछि भारतले त्यहाँ रहेका आफ्ना सैनिक फिर्ता गर्न लागेको हो ।

माल्दिभ्ससमा झन्डै ८० जना भारतीय सैनिक छन् । उनीहरुलाई आउँदो मे महिनाभित्रै फिर्ता गरिसक्न माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले समयसीमा तोकेका छन् ।

भारतले माल्दिभ्सलाई वर्षौँअघि अनुदानमा दिएका उद्धारमा प्रयोग हुने दुईवटा हेलिकोप्टर र एउटा सानोे विमानको मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनि तैनाथ गर्दै आएको थियो । गत नोभेम्बरमा निर्वाचित भएका राष्ट्रपति मुइज्जुले भारतीय सेनालाई आफ्नो देशबाट हटाउने निर्णय लिएका थिए ।

अब भारतका गैरसैनिक प्राविधिक कर्मचारीले विमान सञ्चालन गर्ने छन् । भारत र माल्दिभ्सबीच विगतमा राम्रो सम्बन्ध थियो । तर पछिल्ला केही महिनायता बिग्रिँदै आएको छ ।

यसैबीच माल्दिभ्स सरकारले चीनसँग सैन्य सहायता सम्झौतामा हस्ताक्षर गरेको छ । तर अत्यावश्यक खाद्यवस्तु, औषधि र निर्माण सामग्री आयातका लागि माल्दिभ्स भारतमा निर्भर छ । माल्दिभ्समा सबैभन्दा धेरै पर्यटक भारतबाट नै जाने गरेका थिए । तर दुई देशबीचको सम्बन्ध बिग्रिएसँगै भारतीय पर्यटक घटेका छन् ।