२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

बिहान खाली पेटमा यी फलफुल खानुहोस्

बिहान खाली पेटमा यी फलफुल खानुहोस्
अ अ+ अ-

एजेन्सी । आजको जीवनशैलीमा स्वस्थ रहनु नै सबैभन्दा ठुलो चुनौती रहेको छ । शरीरलाई तन्दुरुस्त राख्न पोषक तत्व चाहिन्छ, जुन हामीले ताजा फलफूल र तरकारीबाट पाउँछौँ । रोगबाट बच्न र आफूलाई फिट राख्नको लागि आहारमा फलफूलको मात्रा बढी राख्नुपर्छ । फलफूल खाँदा पाचन प्रणालीले राम्रोसँग काम गर्छ र तपाई स्वस्थ रहनसक्नुहुन्छ ।

केही फलहरु यस्ता छन् जुन बिहान खाली पेटमा खान सकिन्छ तर धेरै फलहरु यस्ता छन् जसलाई बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म खाइयो भने स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । यस्ता धेरै फलफूल छन् जसमा प्रोटिनभन्दा फाइबरको मात्रा बढी हुन्छ, जसका कारण बिहान बेलुका खानुको सट्टा मध्यरातमा खानु फाइदाजनक हुन्छ ।

तपाईं खाली पेटमा किवी खान सक्नुहुन्छ, फाइबरसँगै धेरै पोषक तत्वहरूले भरिपूर्ण हुन्छ । किवी डेंगु रोगमा पनि फाइदाजनक हुन्छ, यसको सेवनले पाचन प्रणालीले राम्रोसँग काम गर्छ र शरीरलाई उर्जा मिल्छ ।

खाली पेटमा स्याउ खान सक्नुहुन्छ, यसको सेवनले तौल नियन्त्रणमा पनि फाइदा पुग्छ । पौष्टिक तत्वले भरिपूर्ण स्याउ खाँदा कब्जियत, ग्यासबाट छुटकारा पाउन र पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ ।

एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणले भरिपूर्ण अनारलाई खाली पेटमा सेवन गर्न सक्नुहुन्छ। अनार खाँदा शरीरमा आइरनको कमी पूरा हुन्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

मेवा खाँदा शरीरलाई धेरै फाइदा हुन्छ । मेवा खाली पेटमा खान सकिन्छ । फाइबरले भरिपूर्ण मेवा तौल नियन्त्रण गर्नका साथै कोलेस्ट्रोलको स्तरलाई पनि ठीक राख्छ । यो खाँदा अपच, कब्जियत र पेट फुल्ने जस्ता समस्याबाट राहत मिल्छ ।