२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

पुरूषहरुले सुधार्नै पर्ने सात बानीहरु

पुरूषहरुले सुधार्नै पर्ने सात बानीहरु
अ अ+ अ-

एजेन्सी । पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ ।

अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।

ह्युमन रिप्रोडक्सनमा प्रकाशित एक रिसर्च अनुसार अधिकांश पुरुषहरुलाई आफ्नो प्रजनन क्षमताको बारेमा केही पनि जानकारी हुँदैन् । बिग्रदो जीवनशैली र प्रदुषण पनि पुरुषको प्रजनन क्षमतामा कमी आउनुको मुख्य कारण हुन् ।

टाइट कपडा पहिरिनु

सधैं टाइट कपडा पहिरिनाले अण्डकोशको थैलीको तापक्रम बढ्छ जसको कारणले स्पर्म काउन्ट घट्न थाल्छ ।

सोयाबिन जन्य खानाहरु

हार्वड स्कूल अफ पब्लिक हेल्थले गरेको एक रिसर्च अनुसार धेरै सोयाबिन जन्य खानाहरु खानुहँदैन । यसमा हुने आइसोफ्लेवोनले स्पर्मको सङ्ख्या घटाँउछ ।

तनावमा रहनु

लगातार तनावमा रहनुले शरिरमा हार्मोनल असन्तुलन हुन्छ र साथमा शरिरको रक्त सञ्चार बिग्रिन्छ । यसले पनि स्पर्म काउन्ट कम हुन्छ ।

नियमित मदिरा सेवन गर्नु

मदिरा, चुरोट र अन्य कुनै प्रकारको नशा लिनुले शरिरमा स्टे«स हार्मोनको लेभल बढ्छ यसले पनि स्पर्म काउन्ट कम हुन्छ ।

ल्यापटप काखमा राखेर काम गर्नु

यदी नियमित ल्यापटप काखमा राखेर काम गर्नुहुन्छ भने यसको तातो अण्डकोशको थैलीसम्म पुग्छ । लामो समयसम्म यस्तो गर्नाले स्पर्म काउन्ट घट्छ ।

पर्याप्त निन्द्रा नपुर्याउनु

नियमित थोरै भन्दा थोरै सुत्नाले शरिरमा तनाव बढाउने वाला हार्मोनको लेभल बढाँउछ । यसले शरिरमा रक्त सञ्चार बिग्रिन्छ जसको कारणले स्पर्म काउन्ट कम हुँदै जान्छ ।

धेरै कफि पिउनु

म्यासाचुसेट्स जनरल हस्पिटलले गरेकोको रिसर्च अनुसार धेरै कफि पिउनु पनि पुरुषहरुको लागि हानिकारक छ किनभने यसमा भएको

क्यफिनले स्टेर्स हार्मोन बढाँउछ जसले स्पर्म काउन्ट घटाँउछ ।