• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

अल्पमतमा परेका मुख्यमन्त्री शाहले गरे मन्त्रिपरिषद् विस्तार



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री शाहले एक जना विनाविभागीयसहित तीन मन्त्री थपेका हुन् ।

संघीय सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री भएकाहरुले राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले आज नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला मन्त्री भएका छन् भने सांसद इन्दिरा गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । त्यस्तै खुशीराम चौधरीलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरुलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन् । स्वतन्त्र सांसद जोशी र राप्रपाकी खेमा विष्ट भने सरकारमा नजाने भएका छन् । मुख्यमन्त्री शाहले मन्त्री मण्डल विस्तार गरेको यो चौथो पटक हो ।