२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्पमतमा परेका मुख्यमन्त्री शाहले गरे मन्त्रिपरिषद् विस्तार



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री शाहले एक जना विनाविभागीयसहित तीन मन्त्री थपेका हुन् ।

संघीय सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री भएकाहरुले राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले आज नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला मन्त्री भएका छन् भने सांसद इन्दिरा गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । त्यस्तै खुशीराम चौधरीलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरुलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन् । स्वतन्त्र सांसद जोशी र राप्रपाकी खेमा विष्ट भने सरकारमा नजाने भएका छन् । मुख्यमन्त्री शाहले मन्त्री मण्डल विस्तार गरेको यो चौथो पटक हो ।