२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

पहिलो दिन नै ‘रङ्गेली’को उत्साहजनक व्यापार, देशभर ७० प्रतिशत बढी अकुपेन्सी

पहिलो दिन नै ‘रङ्गेली’को उत्साहजनक व्यापार, देशभर ७० प्रतिशत बढी अकुपेन्सी
अ अ+ अ-

काठमाडौं । रिलिजको पहिलो दिन नेपाली चलचित्र ‘रङ्गेली’ले उत्साहजनक सुरुवात गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका अधिकांश हलहरूमा दर्शकको उल्लेखनीय उपस्थिति रह्यो । नेपालको सबैभन्दा ठुलो सिनेमा हल क्यूएफएक्स सिनेमामा अपेक्षित शो सङ्ख्या नआएता पनि प्राप्त प्रायः शो हाउसफुल रहेका छन् ।

चलचित्रका वितरक गोविन्द शाहीले दिएको जानकारीअनुसार देशभर औसतमा मूल्याङ्कन गर्दा शुक्रवार साँझसम्म ७० प्रतिशत माथिको अकुपेन्सी रहेको छ । देशभरका कतिपय हलहरूमा हाउसफुल दर्शक देखिए भने कतिपयमा बढी जसो सिट भरिएका छन् । अधिकांश हलहरूमा शो टाइम सुरु हुने समयमा बिक्री भइरहेको कारण दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए ।

आफ्नै वरपरको जस्तो महसुस हुने समय अनुसारको कथा र कथा भन्ने शैली मन परेको प्रतिक्रिया दर्शकले दिएका छन् । यस प्रकारका चलचित्रहरू नेपालमा बन्न जरुरी रहेको र त्यो ‘रङ्गेली’मा पाएको दर्शकले बताएका छन् । चलचित्र नयाँ निर्देशकले बनाएको जस्तो नलाग्ने तथा कतिपय पहिलो पटक अभिनय गरेका कलाकारहरूलाई पनि अनुभवी अभिनयमा देखेको दर्शकको प्रतिक्रिया छ ।

दर्शकले चलचित्रको मेकिङ र क्लाईमेक्समा बढी मनोरञ्जन लिएको देखिएको छ । हलहरूमा दर्शकसँग साक्षात्कार गर्न पुगेका लेखक तथा निर्देशक अर्जुन सुवेदीले एकदमै धेरै उत्साहित भएको बताए । काठमाडौंको चाबहिलस्थित एफक्यूब सिनेमाजमा हाउसफुल दर्शकमाझ भेटिएका सुवेदीले आफू हिजोसम्म निकै ‘नर्भस्’ रहेको तर आज भने उत्साह थपिएको प्रतिक्रिया दिए । उनले भने, ‘दर्शकलाई मन परिरहेको छ भन्ने हल आएपछि थाहा पाएँ । ‘ सेकेन्ड हाफुको ‘ट्विस्ट एन्ड टर्न’लाई दर्शकले कसरी लिनुहुन्छ भन्ने शङ्कामा थिएँ तर त्यसैमा दर्शकले मनोरञ्जन लिएको पाएको छु । ब्याकराउन्ड स्कोरलाई लिएर पनि तारिफ भइरहेको रहेछ । कलाकारहरूलाई जसरी भिन्न तवरले पर्दामा ल्याउने कोसिस गरेँ त्यसमा म सफल भएको रहेछु । एकदमै खुसी छु ।’

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह(निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।