२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अञ्जिला’को फस्टलुक पोस्टर सार्वजनिक



अ+ अ-

काठमाडौँ । फिल्म ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

महाशिवरात्रि र नारी दिवसको अवसर पारेर राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला ‘तुम्बापो’ सुब्बाको जीवनमा आधारित मिलन चाम्सको निर्देशन रहेको ‘अञ्जिला’को पोस्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई र महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई प्रस्तुत गरिएको छ । पोस्टरबाट एञ्जिलाको ग्रामीण जीवनको सङ्घर्षदेखि खेल जीवनसम्मको कथा फिल्ममा रहेको अनुमान गर्न सकिन्छ ।

एञ्जिलाले फुटबल सुरूवात गरेको इलामको आइतबारे सहित झापा र काठमाडौँमा यस फिल्मको छायाङ्कन भएको छ । फिल्ममा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ ।

उनीसँगै फिल्ममा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहनेछ ।

निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ । श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन् । फिल्मलाई छिट्टै नै उपयुक्त रिलिज मिति तय गर्ने निर्देशक चाम्सले जानकारी दिए ।