एजेन्सी । आज महाशिवरात्रि । सबैले आआफ्नो तरिकाले भगवान शिवको पूजा गरिरहेका छन् । यस्तो अवस्थामा बलिउड स्टारहरू कसरी पछि पर्न सक्छन् ?
यसैबीच यहाँ ती सेलिब्रेटीहरुको बारेमा कुरा गर्न गइरहेका छौँ जो महादेवका परम भक्त हुन् ।
अजय देवगनः अभिनेता अजय देवगन भगवान शिवका परम भक्त हुन् । उनले आफ्नो छातीमा भोलेनाथको ट्याटु पनि खोपेका छन् । यति मात्र होइन, अजय देवगनले प्रायः आफ्नो सोशल मिडिया पेजमा भगवान शिवको तस्बिर सेयर गर्छन् ।
सारा अली खानः अभिनेत्री सारा अली खानको शिवप्रतिको भक्ति कसैबाट लुकेको छैन । उनी प्रायः केदारनाथ र महाकाल मन्दिरहरूमा जान्छिन् र शिवको भक्तिमा मग्न देखिन्छिन् । साराले बाबा बर्फानी अर्थात अमरनाथको दर्शन पनि गरेकी छिन् ।
टाइगर श्राफः अभिनेता टाइगर श्राफ पनि भगवान शिवका भक्त हुन् । उनले सानैदेखि भगवान शिवको पूजा गर्ने गरेको बताइन्छ । पूजा मात्र होइन, उनी सोमबार तथा महाशिवरात्रिको व्रत पनि बस्छन् ।
मौनी रोयः टिभी र बलिउडमा आफ्नो अभिनयबाट छाप छोडेकी मौनी रोय भगवान शिवको परम भक्त हुन् । उनी धेरै शिव मन्दिरमा दर्शनका लागि जान्छिन् । यसका साथै उनी आदियोगीको मन्दिरमा पनि जान्छिन् ।
कुणाल खेमुः अभिनेता कुणाल खेमुको पनि भगवान शिवमा ठूलो आस्था छ । कुणाल खेमुको पीठमा त्रिशूलको ट्याटु पनि छ । उनले ओम नमः शिवाय पनि लेखेका छन् ।
सञ्जय दत्तः सञ्जय दत्तको पनि भोलेनाथमा ठूलो आस्था छ । उनले हरेक वर्ष महाशिवरात्रि पर्वलाई भव्यताका साथ मनाउने गर्छन् । साथै, अभिनेताले आफ्नो हातमा भगवान शिवको ट्याटु बनाएका छन् र ओम नमः शिवाय संस्कृतमा पनि लेखिएको छ ।