१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

युक्रेन सङ्कटः रुसको सैन्य उपस्थिति कति ठूलो छ ?

युक्रेन सङ्कटः रुसको सैन्य उपस्थिति कति ठूलो छ ?
अ अ+ अ-

बीबीसी । युक्रेनसँगको सीमानजिकै रुसले बख्तरबन्द गाडी र तोपसहित हातहतियार अनि हवाई सामर्थ्य देखिनेगरी झन्डै एक लाख सैनिक तैनाथ गरेको छ।

तर आक्रमणको योजना रहेको भन्ने विषय भने उसले अस्वीकार गर्दै आएको छ।

अघि बढ्दै सेना
युक्रेननजिकै ३५,००० रुसी सैनिकलाई स्थायी रूपमा खटाइएको छ।

गत साता बुधवार रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एउटा तस्बिरमा सेनाको टुकडी युक्रेनसँगको सीमानजिकै रहेको प्रशिक्षणस्थल रस्टोभ जाँदै गरेको देखिन्छ।

सेनाका पछिल्ला केही टुकडी रुसको सुदूरपूर्वी क्षेत्रबाट झन्डै ४,००० माइल यात्रा गरेर उक्त क्षेत्रमा आइपुगेका छन्।

धेरै अनुमानमा युक्रेन वरपर तैनाथ गरिएको सैनिकको सङ्ख्या झन्डै एक लाख पुगेको उल्लेख छ।

तर सीएनएनले प्रकाशन गरेको एउटा रिपोर्टमा एक युक्रेनी अनुमानअनुसार त्यहाँ स्थलसेनाका एक लाख ६,००० र जलसेना तथा वायुसेनाका थप २१,००० सैनिक छन्।

मङ्गलवार यूकेका प्रधानमन्त्री बोरिस जोनसनले भनेका थिएः 
‘युक्रेनको सीमामा ६० रुसी लडाकु समूह छन् भन्ने स्पष्ट गोप्य सूचना छ।’ यो कुल उपलब्ध सङ्ख्याको एकतिहाई हो।

रुसी सेनाबाहेक युक्रेनको लहेङ्क्स र दोनेत्सक क्षेत्रमा १५,००० रुसी पृथक्तावादी लडाकुहरू रहेको अनुमान गरिएको छ।

तर केही पश्चिमी विश्लेषकहरूका अनुसार रुसले स्थल आक्रमणका लागि आवश्यक सबै सरसामान भेला गरेको भन्ने स्पष्ट छैन।

उनीहरूले केही क्षेत्रमा पूर्ण जनशक्तियुक्त मोबाइल फील्ड अस्पतालहरू नभएको औँल्याएका छन्।

यद्यपि चिकित्सकीय टोलीको आगमनले आक्रमणको तयारीको सङ्केत गर्न सक्ने उनीहरू बताउँछन्।

माथिबाट देखिने दृश्य
भूउपग्रहबाट खिचिएका तस्बिरहरूले थप सूचना दिन्छन्।

सेनाको उपस्थिति कहिलेकाहीँ टेन्टको रङ्गबाट पत्ता लगाउन सकिन्छ।

भरिएको टेन्टमा न्यानो हुने हुँदा तिनका छानामा हिउँ पग्लिएको हुन्छ र माथिबाट हेर्दा त्यो अलि अँध्यारो देखिन्छ।

सैन्य क्षमता भएका गाडीहरू तिनको आकारको आधारमा पहिचान गर्न सकिन्छ।

अनि जमिन वा माटोमा टायरको छापले सवारी साधनहरू चलेको सङ्केत गर्छ।

बेलारुसमा सैन्य उपस्थिति
केही हजार रुसी सेना संयुक्त सैन्य अभ्यासका लागि बेलारुस पुगेका छन्।

उक्त अभ्यास फेब्रुअरी १० देखि २० तारिखबीच उत्कर्षमा पुग्नेछ।

बेलारुसका नेता अलेक्सान्डर लुकासेन्कोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्छन्।

युक्रेनको राजधानी किएभ बेलारुसको सीमाबाट १५० किलोमिटरभन्दा कम दूरीमा अवस्थित छ।

अलाइड रिजल्भ संयुक्त सैन्य अभ्यासले युक्रेनलक्षित अभ्यास गर्ने अवसर प्रदान गर्न सक्ने पश्चिमा पर्यवेक्षकहरू बताउँछन्।

अनलाइन पोस्ट गरिएका तस्बिरमा सैन्य क्षमता भएका गाडीहरू, बख्तरबन्द अनि रकेट सिस्टम सहितका सेनाका सरसामान उक्त क्षेत्रतर्फ लाँदै गरिएको देखिएको दाबी गरिएको छ।

रुसले हवाई प्रतिरक्षा प्रणाली, हातहतियार अनि चिकित्सकीय सहायतासहित आधुनिक एसयू(३५ लडाकु विमान बेलारुसमा तैनाथ गर्ने घोषणा गरेको छ।

समुद्रमा सेना
रुसले आन्ध्रदेखि प्रशान्त महासागरसम्म विश्वभरि आफ्नो नौसेनाको अभ्यास गरिरहेको छ। यो महिना सुरु भएको उक्त अभ्यास फेब्रुअरीभरि जारी रहनेछ जसमाः

–१४० पानीजहाज र तिनलाई आधार दिने अन्य डुङ्गाहरू

–६० विमान

–अनि १०,००० अधिकारीहरू समविष्ट छन्।

युद्धमा प्रयोग हुने मुख्य बख्तरबन्द राख्न सक्ने रुसी नौसेनाका ६ वटा पानीजहाज, सेना अनि सैन्य क्षमता भएका गाडीहरू इङ्ग्लिस च्यानल पार गर्दै अभ्यासका लागि भूमध्यसागरतर्फ जाँदैछन्।

तर ब्ल्याक सी र युक्रेनको तट पनि उनीहरूको लक्षित गन्तव्य हुन सक्ने वा नसक्ने विषय भने अस्पष्ट छ।