२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग
अ अ+ अ-

काठमाडौँ । किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

यौनिकता शिक्षाका कारण लागुऔषध प्रयोगमा कमी, स्वास्थ्य सेवाको प्रेषण सङ्ख्यामा वृद्धि, लैङ्गिक हिंसा, लाञ्छना तथा भेदभावमा समेत न्यूनीकरण भएको जनाउँदै उनीहरुको संविधानप्रदत्त प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग गरेका हुन् । नेपाल परिवार नियोजन सङ्घद्वारा हेल्भिटास नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार आयोजित छलफलका सहभागी किशोरकिशोरीले आफूहरुलाई थप बृहत् यौनिकता शिक्षाको आवश्यकता रहेको औँल्याउँदै यसको पहुँचबाट वञ्चित नगर्न सरोकारवालासँग आग्रह गरका हुन् ।

यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ । विगत दुई दशकदेखि सङ्घले बृहत् यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा निरन्तर पैरवी गर्दै आएको छ भने हेल्भिटास नेपालले कर्णाली र मधेस प्रदेशमा ‘प्रमोसन अफ युथ इन्गेजमेन्ट इन लोकल गभर्नेन्स’ कार्यक्रममार्फत किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुवै सस्थामा आबद्ध किशोरकिशोरीलाई बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप सचेत र सुसचित एवं अनुभव आदानप्रदान गराउने ध्येयले अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा कूल ३७ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको, विवाहको उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्ष उमेरमा र ७६ प्रतिशतको २० वर्ष उमेरमा विवाह भएको पाइन्छ । यसैगरी १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा अथवा गर्भवती भइसकेका हुन्छन् । यो अवस्थालाई मध्यनजर गर्दै बृहत् यौनिकता शिक्षा आवश्यकता भएको खाँचो भएकाले सङ्घले यही सेरोफेरोमा कायम बृहत्त यौनिकता शिक्षाले सम्बन्ध, मूल्य अधिकार , सस्कृति र यौनिकता, लैङ्गिकतामा बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका लागि सीप, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार र यौनिकता तथा प्रजनन स्वास्थ्यलाई प्रवद्र्धन गर्दछ ।

कार्यक्रममा सङ्घका अध्यक्ष हिमालय लाल कसजुले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा बृहत् यौनिकता शिक्षा युवाको आवश्यकता र सरकारको दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको सहयोगीका रुपमा सङ्घले किशोरकिशोरी तथा युवा, एचआइभी/एड्स, सुरक्षित गर्भपतन, सेवाको पहुँच, किशोरकिशोरीलाई उमेरअनुसारको सूचना, शिक्षा र सिकाइजस्ता कार्यक्रम सञ्चालन गरिराखेको छ ।”

हेल्भिटास नेपालका राष्ट्रिय निर्देशक डा प्रवीण मानन्धरले शरीर, स्वास्थ्य र भविष्यका बारेमा किशोरकिशोरीलाई सक्षम बनाउन लगानी बढाउनुपर्ने खाँचो आँैल्याउनुभयो । उहाँले भन्नुभयो, “जिम्मेवार एवं दक्ष जनशक्तिले मात्र परिवर्तन सम्भव छ । यसका लागि किशोरकिशोरीले आफ्नो क्षमतालाई तिख्खर बनाउँदै भविष्यको नेतृत्व लिने आँट देखाउनुपर्छ । समानता र समावेशीता व्यवहारत: कार्यान्वनमा आएको छैन ।” सङ्घका केन्द्रीय सदस्य इन्द्रलक्ष्मी श्रेष्ठले लैङ्गिकताको आधारमा सबै वर्ग, उमेर र समुदायको सामाजिक, अर्थिक र मानवीय विकासमा समान पहुँच र समावेशीताको सुनिश्चित गर्न आवश्यक रहेका जनाउँदै महिला समानता अधिकारका लागि बनेका ऐन कानुन कार्यान्वयनको अवस्था फितलो रहेको टिप्पणी गर्नुभयो । सङ्घका कार्यकारी निर्देशक डा प्रवीण शाक्यले किशोर किशोरी बीचको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा बृहत् यौनिक शिक्षासम्बन्धी छलफलले उनीहरुलाई सवलीकरण, सक्षम बनाउन र भविष्यमा युवामैत्री नीति बनाउन र यसको प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रमको दोस्रो सत्रमा कार्यक्रक सङ्घको निर्देशक डा वीना श्रेष्ठ, जेण्डर तथा एड्भोकेसी प्रमुख जमुना सिटौला र सङ्घका उपत्यका शाखाका प्रबन्धक शरद अर्यालले सङ्घद्वारा प्रदान गरिरहेका किशोरकिशोरीका सेवा तथा अभियानका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन, मेरो शरीर: मेरो अधिकार, युवाको अर्थपूर्ण सहभागिता र लैङ्गिक हिंसाका विषयमा सहभागीलाई जानकारी दिइएको थियो ।

कार्यक्रममा सङ्घका विभिन्न समुदाय, अपाङ्गता भएका युवा, यौनकर्मी महिला, एचआइभी सङ्क्रमित युवाले आफ्नो अनुभव र सिकाइ र सङ्घमा आबद्ध भएर क्षमता अभिवृद्धि कसरी भयो भन्ने कुरालाई प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका विश्व युवा सञ्जालकी नेपालकी प्रतिनिधि वर्षा पाण्डेले आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो । रासस