• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर) ★   बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो ★   सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास ★   आर्सनलले टोटेनहमलाई हरायो ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

बुटवलको कपडा पसलमा काम गर्न जाँदा …



काठमाडौँ: बुटवलको कपडा पसलमा काम गर्न गएकी एक महिला मानव तस्कर गिरोहको फन्दामा परेर भारतमा बेचिएकी छन् । पूर्वी नवलपरासीका जीवन भन्ने रिकमन राईले फेसबुकमार्फत चिनजान गरी बुटवलको कपडा पसलमा राम्रो आम्दानी हुने रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ती महिलालाई भारतमा बेचेका हुन् ।

नेपाल प्रहरीको मावन बेचविखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार राईले उनलाई काठमाडौँ बोलाई वीरगञ्ज हुँदै भारतको मुजफ्फरपुरमा पु¥याइ बिक्री गरेका हुन् ।

पीडितलाई त्यहाँ बन्धक बनाइराखेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका श्रीमान्सम्म जानकारी पुगेपछि उहाँको पहलमा महिलाको उद्धार गरिएको छ । त्यसपछि पीडितले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जाहेरी दिएकी थिइन् । उहाँका जाहेरीका आधारमा राईमाथि अहिले मानव बेचविखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहेको फुँयालले बताउनुभयो । उहाँले पीडितको घरको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि राईले बुटवलमा मासिक रु ४० हजारदेखि ५० हजार तलब पाइने कपडा पसलमा काममा लगाइदिने प्रलोभन देखाइ गएको माघ ४ गते महिलालाई काठमाडौँबाट वीरगञ्ज लगेका जानकारी दिनुभयो ।

त्यसपछि उहाँले रक्सौल हुँदै भारत बिहारको मुजफ्फरपुरको खपडा भन्ने ठाउँमा पु¥याइ कथित मोर्डन फेसन ट्रेड मार्क नामक कम्पनीमा बुझाएको खुल्न आएको छ । राईले कम्पनीमा काम गर्न ७ दिने तालिम लिनुपर्छ भनी जाहेरवालाबाट सुरुमा १६ हजार लिएको खुल्न आएको हो । तालिम दिई सकेपश्चात कम्पनीमा लगानी गर्नुपर्छ भनी जाहेरवालाबाट कम्पनीमा लगानीको लागि जबरजस्ती एक लाख ८० हजारसमेत लिएको खुल्न लिएका छन् । बीमासमेत गर्न रकम चाहिन्छ भनेकोमा पीडित महिलाले इन्कार गरी नेपाल फर्काइदिन आग्रह गरेकी थिइन् ।

मानव तस्कर गिरोहले हामीले तिमीलाई जसरी ल्याएका हौँ, तिमीले पनि त्यसैगरी अन्य चार जना व्यक्तिहरु ल्यायौँ भने मात्र यहाँबाट पठाइदिन्छाँै भनी मोबाइल जफत गरी, बाहिर निस्कनसमेत नदिइ कम्पनीको होस्टलमा बन्धक बनाएका राखेका पीडित महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

उक्त गिरोहले नेपालबाट आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई कम्पनीको काममा लगाइदिने प्रलोभनमा देखाइ लैजाने र त्यसरी लगिएका व्यक्तिलाई  अन्य चार जना व्यक्ति खोजेर ल्याएमा कमिसन दिने भनी प्रलोभनमा पार्ने गरेको खुल्न आएको ।उक्त घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको आशङ्कामा  खोजतलास तथा थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ। रासस