२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बुटवलको कपडा पसलमा काम गर्न जाँदा …

बुटवलको कपडा पसलमा काम गर्न जाँदा …
अ अ+ अ-

काठमाडौँ: बुटवलको कपडा पसलमा काम गर्न गएकी एक महिला मानव तस्कर गिरोहको फन्दामा परेर भारतमा बेचिएकी छन् । पूर्वी नवलपरासीका जीवन भन्ने रिकमन राईले फेसबुकमार्फत चिनजान गरी बुटवलको कपडा पसलमा राम्रो आम्दानी हुने रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ती महिलालाई भारतमा बेचेका हुन् ।

नेपाल प्रहरीको मावन बेचविखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार राईले उनलाई काठमाडौँ बोलाई वीरगञ्ज हुँदै भारतको मुजफ्फरपुरमा पु¥याइ बिक्री गरेका हुन् ।

पीडितलाई त्यहाँ बन्धक बनाइराखेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका श्रीमान्सम्म जानकारी पुगेपछि उहाँको पहलमा महिलाको उद्धार गरिएको छ । त्यसपछि पीडितले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जाहेरी दिएकी थिइन् । उहाँका जाहेरीका आधारमा राईमाथि अहिले मानव बेचविखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहेको फुँयालले बताउनुभयो । उहाँले पीडितको घरको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि राईले बुटवलमा मासिक रु ४० हजारदेखि ५० हजार तलब पाइने कपडा पसलमा काममा लगाइदिने प्रलोभन देखाइ गएको माघ ४ गते महिलालाई काठमाडौँबाट वीरगञ्ज लगेका जानकारी दिनुभयो ।

त्यसपछि उहाँले रक्सौल हुँदै भारत बिहारको मुजफ्फरपुरको खपडा भन्ने ठाउँमा पु¥याइ कथित मोर्डन फेसन ट्रेड मार्क नामक कम्पनीमा बुझाएको खुल्न आएको छ । राईले कम्पनीमा काम गर्न ७ दिने तालिम लिनुपर्छ भनी जाहेरवालाबाट सुरुमा १६ हजार लिएको खुल्न आएको हो । तालिम दिई सकेपश्चात कम्पनीमा लगानी गर्नुपर्छ भनी जाहेरवालाबाट कम्पनीमा लगानीको लागि जबरजस्ती एक लाख ८० हजारसमेत लिएको खुल्न लिएका छन् । बीमासमेत गर्न रकम चाहिन्छ भनेकोमा पीडित महिलाले इन्कार गरी नेपाल फर्काइदिन आग्रह गरेकी थिइन् ।

मानव तस्कर गिरोहले हामीले तिमीलाई जसरी ल्याएका हौँ, तिमीले पनि त्यसैगरी अन्य चार जना व्यक्तिहरु ल्यायौँ भने मात्र यहाँबाट पठाइदिन्छाँै भनी मोबाइल जफत गरी, बाहिर निस्कनसमेत नदिइ कम्पनीको होस्टलमा बन्धक बनाएका राखेका पीडित महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

उक्त गिरोहले नेपालबाट आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई कम्पनीको काममा लगाइदिने प्रलोभनमा देखाइ लैजाने र त्यसरी लगिएका व्यक्तिलाई  अन्य चार जना व्यक्ति खोजेर ल्याएमा कमिसन दिने भनी प्रलोभनमा पार्ने गरेको खुल्न आएको ।उक्त घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको आशङ्कामा  खोजतलास तथा थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ। रासस