५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

कोरोना महामारीमै विदेश जाँदै युवा

कोरोना महामारीमै विदेश जाँदै युवा
अ+ अ-

कर्णाली । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या उत्तिकै छ । 

कोरोना महामारी शुरु भएयता सुर्खेतका एक हजार ३७३ युवाले राहदानी लिएका छन् । तीमध्ये ४९२ ले दु्रत माध्यमबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले स्वदेशमा रोजगारीका अवसर नभएकाले युवा विदेशिने क्रम नरोकिएको बताउनुभयो । “कोरोना महामारीमा घर फर्केका पनि महामारी नसकिँदै विदेशतिर गएको पाइयो”, उहाँले भन्नुभयो, “गाउँघरमै रोजगारीको भरपर्दो अवसर पाएको भए विदेश जाने क्रम केही रोकिन्थ्यो ।” विदेशबाट फेर्केका युवालाई लक्षित गरी आयआर्जन तथा रोजगारीका कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्दा युवा पुनः विदेशतर्फ लागेको उहाँको भनाइ छ । 

त्यस्तै श्रम तथा रोजगार कार्यालयले पछिल्लो छ महिनामा कर्णालीका २०० भन्दा बढी युवाले पुनः श्रम स्वीकृति लिएको जनाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई केलाउने हो भने कर्णालीबाट पुनः श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढ्दो छ ।

श्रम तथा रोजगार कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ९२६ ले श्रम स्वीकृति लिएका छन् । कार्यालय प्रमुख सुनिता दर्लामीले यो सङ्ख्या बढेर गत आर्थिक वर्ष २०७६/२०७७ मा दुई हजार २६ ले पुनः श्रम स्वीकृति लिएको जानकारी दिनुभयो । पुनः श्रम स्वीकृति लिनेमा संयुक्त अरब इमिरेट्स, साउदी अरब, दुबई, कतार, मलेशियालगायत खाडी मुलुक जाने छन् । खाडी मुलुकमात्र नभई छिमेकी मुलुक भारतमा रोजगारीका लागि जानेको सङ्ख्या पनि बढी छन् ।