२७ श्रावण २०८३, बुधबार
,
Latest
सरकारी कार्यालयमा पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन सरकारको निर्देशन कार्यकाल बाँकी छँदै दुई सचिवले छाडे पद ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म,देउवाले उद्घाटन गर्ने परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र अझै पनि संकटग्रस्त छ: वेदुराम भुषाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुषालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा रहेको बताउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वाह्य सूचकांकहरुमा सुधार देखिएको भएपनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्या रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रको समस्या गम्भीर चुनौतिको रुपमा रहेको जिकिर गर्नुभयो । उहाँले अहिलेको सरकार अर्थतन्त्रका समस्या समाधानका लागि सफल हुनुपर्ने बताउनु भयो । उहाँले सामाजिक र सांस्कृतिक क्षेत्रमा परिवर्तन नहुँदा संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा प्रश्नहरु उठिरहेको बताउनु भयो । उहाँले अहिलेको समीकरण फेरि परिवर्तन नहुने गरी अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा छ । अस्तिको दिनसम्म म आफैँ सरकारमा थिएँ । प्रधानमन्त्रीसँग पटकपटक छलफल गरेका छौँ । अर्थतन्त्रका केही केही सूचकांकहरु खासगरी वाह्य सूचकांकहरुमा सुधार देखिएको छ । तर पनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्याहरु छन् । एउटा गम्भीर चुनौतिको रुपमा यतिबेला हाम्रो अर्थतन्त्र संकटमा छ । यसलाई समाधान गर्नका निम्ति यो सरकार सफल बनोस् ।’

उहाँले बेरोजगारी, शिक्षा र स्वास्थ्यको समस्या देशमा धेरै नै रहेको बताउनु भयो ।