३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर-१ का वडाध्यक्ष महर्जनको निधन



अ+ अ-

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।

लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको सो नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिनुभयो ।

महर्जन विस २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँका श्रीमति र दुई छोरा छन् ।

वडाअध्यक्ष महर्जनको निधनमा आज कीर्तिपुर नगरपालिकामा शोक बिदा दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले महर्जनको निधनमा दु:ख व्यक्त गर्नुभएको छ ।

उहाँको आजै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा कांग्रेसका नेता, कार्यकर्ता तथा वडावासीको सहभागीता थियो ।