१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी

मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्रीलाई बाबुरामको आग्रह

मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्रीलाई बाबुरामको आग्रह
अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाह घोषणा गर्न आग्रह गर्नुभयो । उहाँले लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । उहाँले नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिव किसानलाई किन बाँड्न आँट गर्न आग्रह गर्नुभयो । उहाँले मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयाोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मिटरब्याज पीडितको विषयमा थुप्रै आयोगहरु बनेका छन् । पहिला पनि बनेको थियो, प्रतिवेदन दिइयो । तर पछिल्लो पटक गौरीबहादुर कार्की आयोग जुन बन्यो, त्यसले दिएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन, त्यसलाई केले रोकेको छ ? मेरा मित्र रविजी हिजोमात्रै उपप्रधान एवं गृहमन्त्री बन्नुभएको छ, रवि जी तपाईले आज नै त्यसलाई जारी गरिदिनुस्, बल्ल तपाईहरु परीक्षाबाट उत्तिर्ण हुनुहुनेछ । नत्र जुन जोगी आएपनि कानै चिरेका भनेजस्तो हुने खतरा छ । कमरेड प्रचण्डलाई आग्रह गर्दछु । हिजो हामीले जनयुद्धताका जुन जाली तमसुक झुटो तमसुक बनाइएको थियो, त्यो खोसेर च्यातेको, आगो लगाइएको हो की होइन ? अहिले आगो लगाउनुस् र च्यात्नुस् भन्दिन तर अहिले निश्चित सम्मको ऋण मिनाह तुरुन्तै घोषणा गर्न सक्नुहुन्छ । लिखित तमसुकहरु खिच्नुस् र राख्नुस् । र घोषणा गरिदिनुस् । हामीसँग पैसा नभएको होइन । ६० खर्ब हाम्रो बैंकहरुमा छ । त्यो भनेको वर्षभरको कुल सम्पती हो, त्यो ५० खर्ब छ । ६० खर्बबाट एक खर्ब रुपैयाँ यि गरिव किसानलाई किन बाँड्न र आँट गर्न सक्नुहुन्न । त्यति गर्नुहोस् ।’

पूर्वप्रधानमन्त्री भट्टराईले लघुवित्त पीडितका मागहरुमा आफ्नो आफ्नो पार्टी नेपाल समाजवादीको तर्फबाट पूर्ण समर्थन रहेको बताउनु भयो ।