२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता केन्द्रित पार्टीहरुलाई राप्रपाको चेतावनीः पर्सि नै राप्रपा चाहियो भन्ने दिन नआओस्



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खाजेर पनि सकेन भन्ने भ्रम नछर्न आग्रह गर्नुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक नरहेको पनि बताउनु भयो । उहाँले राप्रपालाई सत्तामा नलिने भन्नेकुरा कतिपय पार्टीहरुले गर्वका साथ भनिरहेको कुरालाई आफ्नो पार्टीले नोटिसमा राखेको बताउनु भयो । उहाँले केही दिनपछि नै राप्रपा चाहियो भन्ने दिन आउने अवस्था नबनाउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपयलाई भ्रम भयो, राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक थियो, भन्ने भ्रम लगाइयो मात्रै होइन, कतिपय साथीहरुले बढो उत्साहका साथ हामीले राप्रपालाई नलिने भनेका छौँ भन्नुभयो । त्यसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले नोटिसमा राखेको छ । हामी यो सत्ता केन्द्रित चलखेलमा सामेल छैनौँ । राप्रपाले सहभागी हुन खोजेर पनि नसकेको हो भन्नेकुराको भ्रम नरहोस् । त्यसलाई नोटिसमा राखेका छौँ । तपाईको यो गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् । हामी यो सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टी हो ।’

उहाँले समग्र देशको अवस्था ठिक नरहेको बताउनु भयो । उहाँले देशको यो अवस्था हुनुमा अहिलेको व्यवस्था दोषी रहेको बताउनु भयो ।