१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करलाई नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ



अ+ अ-

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ परेका छन् ।

तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता दिलाउने बागमती प्रदेशसभा सचिवालयमा कार्यरत् अधिकृत रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

यातायात कार्यालय  ठूलो भर्याङबाट सरुवा भएर बागमती प्रदेशसभा सचिवालयमा पुगेका अर्याललाई काभ्रे प्रहरीको अनुरोधमा सचिवालयबाटै पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

गत साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ब्रेक शुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त प्रकरणमा प्रहरीले दावा र वाङलाई पक्राउ गरेको थियो ।

यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गरिरहेको छ ।