• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

सुन तस्करलाई नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ



काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ परेका छन् ।

तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता दिलाउने बागमती प्रदेशसभा सचिवालयमा कार्यरत् अधिकृत रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

यातायात कार्यालय  ठूलो भर्याङबाट सरुवा भएर बागमती प्रदेशसभा सचिवालयमा पुगेका अर्याललाई काभ्रे प्रहरीको अनुरोधमा सचिवालयबाटै पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

गत साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ब्रेक शुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त प्रकरणमा प्रहरीले दावा र वाङलाई पक्राउ गरेको थियो ।

यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गरिरहेको छ ।