१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सरकारलाई काँध फेर्ने छुट छैन: महेश बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकारलाई काँध फेर्ने छुट नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बौल्दै उनले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने बताए ।

उनले संसदमा दलहरूको आसन परिवर्तन भएको, भूमिका फेरिएको भए पनि देशप्रतिको जबाफदेहिता नफेरिएको प्रस्ट पारे । उनले भने, यो सरकारले समग्र देशको पक्षमा काम गर्नुपर्छ । हिँड्दाहिँड्दै काँध गल्यो भने पनि काँध फेर्ने छुट यो सरकारलाई छैन । जनताप्रतिको कर्तव्यमा बदलाव आएको छैन । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्छ’ ।