• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

भेटेर बधाई दिनेभन्दा पनि डटेर काम गर्ने मौका दिनुहोस्: मन्त्री श्रेष्ठ



काठमाडौँ । नवनियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले आफ्नो परीक्षा सुरु भएको बताएकी छिन् । उनले आफूहरूलाई अहिले बधाईभन्दा पनि शुभकामनाको खाँचो रहेको जिकिर गरिन् ।

बिहिबार सामाजिक सञ्जालमार्फत उनले बधाईको लागि पछि कार्यतालिका बनाउने बताउँदै अहिले डटेर काम गर्ने मौका दिन आग्रह गरेकी हुन् । उनले भनेकी छिन्,’अहिले बधाई भन्दा पनि तपाईँहरूको शुभकामनाको खाँचो छ। अहिले डटेर काम गर्ने मौका दिनुहोस्, बधाईको लागि पनि पछि कार्यतालिका नै बनाउँला।’

देशको शिक्षा क्षेत्रलाई कहाँ, कता, कुन दिशा तर्फ लैजाने भन्ने बारे धेरै काम गर्न बाँकी रहेको बताउदै उनले भनिन्, ‘देशको शिक्षा क्षेत्रलाई कहाँ, कता, कुन दिशा तर्फ लैजाने भन्ने बारे धेरै नै काम गर्नुपर्नेछ। जति हामीलाई काम गर्ने उत्सुकता छ, त्यति नै हामीलाई यहाँको निरन्तर साथ को पनि आवश्यकता पर्नेछ ।’

उनले जनता माझ हुने आफ्नो प्राथमिकता सधैँ कायम रहने बताएकी छिन् । ‘सधैँ जनता माझ हुने हाम्रो प्राथमिकता हिजो एउटा सांसदका रूपमा पनि थियो र आज एउटा मन्त्रीका रूपमा पनि रहनेछ। हामीलाई आफ्ना सल्लाह, सुझाव, गुनासा राख्दै गर्नुहोला। यसको लागि हामी एउटा विशेष कार्यतालिका नै बनाउँदै छौँ। अन्तरक्रिया र सल्लाह सुझाव सकेसम्म अनलाइनबाट गर्नेछौँ’, उनले भनेकी छिन् ।