७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट २० लाख डोज खोप खरिद गरिँदै



अ+ अ-

काठमाडौं । नेपाल सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट उत्पादित कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप २० लाख डोज खरिद गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त खोप खरिदका लागि अग्रिम भुक्तानी दिने निर्णय गरेको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट कम्पनीले खोपको रकम शुरुमै भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो । स्वास्थ्य मन्त्रालयले सीधै खरिद गर्न नमिलेकै कारण मन्त्रिपरिषद्बाट निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद ऐन र नियमावलीअनुसार अग्रिम भुक्तानी गर्न नसक्ने भएपछि बाधा अड्काउ फुकाउन मन्त्रिपरिषद्मा प्रस्ताव गरेको र मन्त्रिपरिषद्ले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशत मात्रै अग्रिम भुक्तानी दिन मिल्ने कानुनी प्रावधान छ । तर सिरम इन्स्टिच्युटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेको थियो । यो समस्या समाधान गर्न मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ गरेको हो ।

मन्त्रिपरिषद्को यो निर्णयले खोप खरिद गर्ने बाटो खुलेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी गराउनुभयो । खरिद गरिँदै गरेको खोप एक डोज बराबर अमेरिकी ४ डलर पर्ने पनि उहाँले बताउनुभयो । खोपको अग्रिम भुक्तानी गर्ने मन्त्रिपरिषद्को निर्णयपछि राजपत्रमा निर्णय प्रकाशित गर्ने, एलसी खोल्नेलगायतका प्रक्रिया पूरा गर्नका लागि केही दिन लाग्ने मन्त्रालय स्रोतले जनाएको छ । नेपाल समाचारपत्र दैनिक