९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वहारा वर्गको नेतृत्व गर्छु भनेर सत्तामा पुगेका कम्युनिष्टहरुलाई कहाँबाट आउँछ हेली चढ्ने खर्च ?



अ+ अ-

ओखलढुंगा । नेपाली कांग्रेस जिल्ला सभापति प्रदीपकुमार सुनुवारले कम्युनिस्टहरुलाई हेलिकोप्टर चढेर घुम्ने पैसा कहाँबाट आउँछ भनी प्रश्न गर्नुभयो । उहाँले सो कुरा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति ओखलढुंगाले पुर्वमन्त्री स्व. बलबहादुर राईको सयौं जन्मजयन्तीका अवसरमा आयोजना गरेको गोष्ठीमा बताउनुभएको हो ।

उहाँले नेपालको सर्वहारा वर्गको नेतृत्व गर्छु भनेर सत्तामा पुगेका कम्युनिस्टहरुको हेलिकोप्टर चढेर र सयौंका संख्यामा गाडी रिजर्भ गरेर सर्वसाधारण बटुलेर कार्यक्रम गर्ने पैसा कहाँबाट आयो भनेर जनताले प्रश्न गर्ने बेला आएको बताउनुभएको छ । सभापति सुनुवारले नागरिकहरुलाई झुटा आश्वासन देखाएर सत्तामा पुगेका कम्युनिस्टहरु फुटको नाटक गरेर मुलुक कोरोना भाइरसको कारणले अति जोखिम अवस्थामा रहेको बेला खर्चिलो आमसभा गर्दै हिँडेकाले सचेत नागरिकहरुले एकएक गरेर हिसाब खोज्नुपर्ने बताउनुभयो ।

कम्युनिस्टहरुले सडकमा तमासा देखाइरहेका बेलामा कांग्रेसका नेताहरुसमेत जनताको सामु आफ्नो स्पष्ट धारणा लिएर जानुको साटो जिल्लाका अधिकांश नेताहरु कोही ओली पक्षका नेताहरुको र कोही प्रचण्ड–नेपाल पक्षका नेताहरुको पछि लागेर वकालत गर्दै हिँडेकाले आफलाई निकै दुःख लागेको उहाँको भनाइ थियो ।ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ मा सय वर्षअघि जन्मिएका स्वार्गीय नेता बलबहादुर राई जिल्ला सभापति हुँदै पटकपटक नेपाली कांगे्रसको केन्द्रीय सदस्य हुनुभएको थियो । यसै गरी नेता राई आवास तथा भौतिक मन्त्री, श्रम मन्त्री र विभिन्न समयमा १९ पटक मुलुकको कार्यवाहक प्रधानमन्त्रीसमेत हुनु्भएको थियो ।

ओखलढुंगाको निमार्णाधीन बीपी स्मृति भवनमा नेपाल विद्यार्थी संघ सभापति रोशन महतराको सभापतित्वमा भएको उक्त कार्यक्रममा सभापति प्रदीपकुमार सुनुवारसँगै उपसभापति तेजेन्द्र खनाल, पुर्वसभापति महेश कोर्मोचा, महासमिति सदस्य डिल्ली खनाललगायतले आफ्नो धारणा राखेका थिए । नेपाल समाचारपत्र दैनिक