१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

पूर्वसांसद डा. मिठाराम विकद्वारा लिखित ‘डा. अम्बेडकरको जीवन र दर्शन’ पुस्तक बिमोचन

पूर्वसांसद डा. मिठाराम विकद्वारा लिखित ‘डा. अम्बेडकरको जीवन र दर्शन’ पुस्तक बिमोचन
अ अ+ अ-

काठमाडौं । पूर्वसांसद डा।मिठाराम विकद्वारा लिखित ‘डा. अम्बेडकरको जीवन र दर्शन’ पुस्तक आज बिमोचन गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस (वी.पी)ं केन्द्रीय कार्यसमितिले एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरेको हो । किताबको विमोचन गर्दै नेपाली कांग्रेस (वी.पी)का सभापति तथा पूर्व मन्त्री शुशिलमान शेरचनले जातिय प्रथा अन्त्यको लागि मानिसहरुको सोच परिवर्तन गर्नपर्ने बताए ।

उनले भने,‘समाज परिवर्तनको लागि युवा तथा नयाँ पीढिहरु अगाडि बढ्नु पर्छ । बुढापाकाले गरेर अब केही हुँदैन ।’ शिक्षा अगाडि बढेमा मात्र आयश्रोत बढ्ने उनको भनाई थियो । डा. मिठारामले लेखेको पुस्तकले समाजमा भएका नेता तथा जनताहरुलाई धेरै नै उर्जाशिल बनाउनेमा आफू विश्वस्त रहेको उनले बताए । 
यसैगरी, नेपाली कांग्रेस (वि.पि) का वरिष्ठ उपसभापति गोविन्द शर्मा पौडेलले डा।विकद्वारा लिखित पुस्तकबाट समाजमा एउटा व्यक्तिलाई आँट, साहस र हिम्मत प्राप्त हुने बताए । इमानदारिता र लगनशिलता भएमा प्रत्येक कुरामा सफलता प्राप्त गर्न सकिन्छ भन्ने पुस्तकमा दर्शाइएको टिप्पणी गरे ।

त्यस्तै, नेपाली कांग्रेस (वि.पि) का महामन्त्री देवेन्द्र प्रकाश पौडेलले शहिदको विशेष दिनमा पुस्तक विमोचन गर्ने अवसर प्राप्त भएकोमा निकै खुशी लागेको बताए । उनले डा।अम्बेडकरले भारत स्वतन्त्रताको क्रममा भएको आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेको स्मरण गराए । डा. अम्बेडकरले सामाजिक संघर्षको प्रार्दुभाव गराउन महत्वपूर्ण भुमिका निभाएको बताए । 
पौडेलले पूर्व सांसद डा. मिठाराम विश्वकर्मा पर्वतमा जन्मेर शिक्षण सेवामा काम गरेर २०६३ सालको आन्दोलन पछि सांसद भई काम गरेको दलितका छोरा भएको सुनाए । वि.कद्वारा लिखित पुस्तकबाट सबै समुदायका विशेष गरि आर्य समाजमा भएको विषयवस्तुहरुको ज्ञान लिन सकिने जिकिर गरे । उनले भने, ‘यो पुस्तकले बिग्रेको नेपाली संस्कृतिलाई रक्षा गर्ने पनि गर्नेछ ।’ शासकहरुलाई पनि यो पुस्तकले ज्ञान दिने उनको भनाई थियो । सबैले यो किताबको अध्ययन गर्न पर्नेमा जोड दिए । 

पुस्तकका लेखक तथा पूर्व सांसद डा.मिठाराम विश्वकर्माले जातिय र धर्मको परिवर्तन गर्न सबैभन्दा पहिला समाजको परिवर्तन हुनुपर्ने बताए । मानसिक परिवर्तन हुँदा मात्र वास्तविक खोजेको जस्तो परिवर्तन सम्भव हुनेमा उनले जोड दिए । समानुपातिक व्यवस्थानै उपयुक्त हुने भन्दै उनले आफ्नो पुस्तकमार्फत राज्य व्यवस्थाको तुलनात्मक अध्ययन गरेको पनि सुनाए । आफु लेखक नभएको भन्दै उनले साथीहरुको कारण मात्रै लेखन कार्य अगाडी बढाएको र उनीहरुकै हौसलाले गर्दा आज पुस्तक तयार भएको पनि जानकारी दिए ।   

कार्यक्रममा बोल्दै पुस्तक प्रकाशक प्यासिफिक पब्लिकेशनका सञ्चालक ओमप्रकाश शर्माले आफ्नो पब्लिकेशनले हालसम्म धेरै किताब छापे पनि विकद्वारा लिखित ‘डा.अम्बेडकरको जीवन र दर्शन’निकै उत्कृष्ट रहेको सुनाए । डा.विकको प्रस्ताव राम्रो लागेर पुस्तकको सम्पादन पनि आफैले गरेको बताए । पुस्तकमा दलित परिवारका डा।अम्बेडकरले दलित भएकै कारण अवसर नपाउने भन्ने कुराको भ्रम चिरेको बताए । अब नेपालमा हुँदै आएको प्रथाहरुको अत्न्य भइरहेको बताउँदै कयौ वर्षदेखि चल्दै आएको जातिय प्रथा पनि अन्त्य गर्न पर्ने उनले धारणा राखे । उनले भने, ‘अब समाजमा जातिय प्रथाको अन्त्य गर्नुपर्छ ।

५ हजार वर्षदेखि दलित भनिने शब्दले दलितहरुलाई दबाउँदै आएको छ ।’ उनले समानताको समाज निर्माण गर्नुपर्ने बेला आएको बताए । पुस्तकको बारेमा थप जानकारी दिँदै उनले भने,‘यो पुस्तकमा डा।अम्बेकरको व्यक्तिगत जीवन, दोस्रोमा राजनैतिक र सामाजिक र तेस्रोमा धर्मको विश्वव्यापी धारणाको बारेमा प्रस्ट पारिएको छ ।’ उनले यो पुस्तक नेपाली सहित्यमा कोसेढुंगा साबित हुने पनि जिकिर गरे । महामन्त्री भक्तराज भुषालले कार्यक्रमको सञ्चालन गरेका थिए ।