२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले लगातार तेस्रो दिन नयाँ रेकर्ड बनाएको छ ।

बिहिबार सुनको मूल्य प्रतितोला १५ सय रुपैँयाले बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैँयामा कारोबार भईरहेको छ । जुन हालसम्म कै उच्च हो । बुधबार नयाँ रेकर्ड बनाउदै छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४ सय रुपैँयामा कारोबार भईरहेको छ । हिजो उक्त सुन प्रतितोला एक लाख २२ हजार ९ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यसैगरीआज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला पाँच रुपैँयाले घटेर प्रतितोला एक हजार चार सय ७० रुपैँयामा कारोबार भईरहेको महासङ्घले जनाएको छ ।