१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले लगातार तेस्रो दिन नयाँ रेकर्ड बनाएको छ ।

बिहिबार सुनको मूल्य प्रतितोला १५ सय रुपैँयाले बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैँयामा कारोबार भईरहेको छ । जुन हालसम्म कै उच्च हो । बुधबार नयाँ रेकर्ड बनाउदै छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४ सय रुपैँयामा कारोबार भईरहेको छ । हिजो उक्त सुन प्रतितोला एक लाख २२ हजार ९ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यसैगरीआज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला पाँच रुपैँयाले घटेर प्रतितोला एक हजार चार सय ७० रुपैँयामा कारोबार भईरहेको महासङ्घले जनाएको छ ।