२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सत्ता गठबन्धन फेरबदल गर्ने देउवाको अर्को कसरत !

सत्ता गठबन्धन फेरबदल गर्ने देउवाको अर्को कसरत !
अ अ+ अ-

काठमाडौं । एक वर्षअघि एमाले–माओवादी गठबन्धन फुटाएर आफ्नो पार्टीलाई सत्तामा पुर्‍याएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले नराम्ररी चिप्लिएका छन् । हुँदाखाँदाको गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसँग काँध मिलाएपछि कांग्रेस सभापति देउवाले फेरि सत्तामा पुनरागमन गर्ने खेल सुरु गरेका छन् । मुखैमा आएको प्रधानमन्त्रीको पद फुत्किएपछि अहिले देउवा जसरी भए पनि प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले विश्वासको मत नपाउने गरी समीकरणको प्रयासमा लागेका हुन् ।

सत्तागठबन्धन दलबीच मन्त्रालय भागबण्डा नमिलिसकेका बेला देउवाले बुधबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी नयाँ राजनीतिक समीकरणको प्रस्ताव गरे । उनले माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै अब आफूहरुले बहुमत पुर्‍याउने गरी चाल चाल्न आग्रह गरे । यो कुरा गरेपछि नेपाल मख्ख गर्छन् र अहिलेको गठबन्धनमा सहभागी हुँदैनन् भन्ने देउवालाई विश्वास थियो । तर नेपालले आफूलाई गरेको प्रधानमन्त्रीको पद अस्वीकार मात्र गरेनन् साँझ अहिलेकै गठबन्धनमा सहभागी भए र आफ्नो दलका दुई जना मन्त्री पनि नियुक्त गराए ।

त्यसो त देउवाले अपराह्न मधेस केन्द्रीत तीन दललाई आफ्नै निवासमा बोलाएर छलफल गरे । लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका नेतालाई घरमा बोलाएर चिया खुवाउँदै गरेको कुराकानीमा पनि देउवाले अहिलेको गठबन्धनलाई असफल पार्ने र आफ्नो नेतृत्वमा अर्को नयाँ गठबन्धन बनाउने प्रस्ताव गरे । तर यो ढिला भइसकेको थियो । देउवाले मधेस केन्द्रित दलसँग छलफल गरिरहँदा नेकपा एकीकृत समाजवादीका दुई जना मन्त्रीले सपथ लिइरहेका थिए । त्यसैगरी जनमत पार्टी पनि सरकारसँग सहकार्यका लागि प्रस्ताव तयार पारिरहेको थियो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले गठबन्धनमा सहभागी हुने केही सर्त तयार पारेको थियो ।

कांग्रेस सभापति देउवाको मुख्य उद्देश्यले थियो– गठबन्धन दलभित्र चलखेल गर्ने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिन नसक्ने अवस्था सिर्जना गर्ने । त्यसो भएमा उनी संसद्को ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुने बाटो खुल्थ्यो । यति त्यसो हुन नसकेमा उनले कांग्रेसका ८७, राप्रपाका १४, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चार जना सांसदसहित अन्य साना दल र स्वतन्त्र गरी ६ जना सांसदको समर्थनमा बलियो गठबन्धन बनाउने उनको तयारी थियो । यी सबै दल मिलाउँदा यो गठबन्धनमा १ सय ३० सांसद पुग्ने थियो । त्यसमा जनता समाजवादी पार्टीभित्र विद्रोह गराएर ८ सिट थप्न सके नयाँ गठबन्धन बनाउने योजना देउवाको थियो ।

सरकार बनाउन अहिले २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ सिट चाहिन्छ । यसका लागि नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दल सबै एक ठाउँमा मिल्नुपर्छ । यी सबैलाई मिलाएर नयाँ समीकरण बनाउन सके आफू छैठौं पटक देशको प्रधानमन्त्री बन्न सकिन्छ भन्ने विश्वास देउवामा छ । तर त्यो प्रयास ढिला भइसकेको छ ।

त्यसो त देउवाले चुनावी गठबन्धनलाई चुनावपछि जोगाउन सकेका थिएनन् । पूर्वसहमति पालना नगरेपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेको साथ लिएर सरकार बनाएका थिए । तर पछि विश्वासको लिने बेलामा कांग्रेसले दाहालालाई सहयोग गरेर राजनीतिक ढोक्का थालेको थियो । राष्ट्रपतिको चुनाव बेला कांग्रेसले थापेको ढोक्कामा राष्ट्रपति पौडेल परे । त्यसपछि कांग्रेस र माओवादीबीच विश्वास मात्र बढेको थिएन, दीर्घकालीन सहकार्य गर्ने रणनीतिसमेत तय भएको थियो । तर त्यसपछि कोशी प्रदेशको मुख्यमन्त्री चयनदेखि राष्ट्रियसभाको चुनावसम्म आइपुग्दा दुई दलबीच विवाद बढ्यो । अर्थात कांग्रेस सभापति देउवाले पूर्वसहमतिअनुसार काम गर्न सकेनन् । त्यसपछि रिसाएका दाहालले गठबन्धन फेरेर नयाँ बनाएका हुन् ।

अहिले आफूसँगको गठबन्धन फेरेको प्रति रुष्ट देखिएका देउवा अब जसरी पनि दाहाललाई हटाउने योजनामा छन् । त्यही योजनाअनुसार उनले बुधबार केही राजनीतिक दलसँग सल्लाह गरेका हुन् । देउवाले पुरानो गठबन्धनसम्म कायम राख्न नसकेको अपजस त खेप्ने नै छन् । त्यसबाहेक अब फेरि गठबन्धन भत्काउन सुरु हुने खेलले देशमा राजनीतिक स्थिरता कायम गर्न चुनौती देखिएको छ ।