१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

पाँच हजार भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाइयो

पाँच हजार भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाइयो
अ अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्लाका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको छ । निजी आवास पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा सूचीकृत भई स्थानीय निकायसँग सम्झौता नगरी आवास नबनाउनेको नाम लाभग्राहीको सूचीबाट हटाइएको हो । 

तत्कालीन प्राधिकरणले २०७२ सालको गोर्खा भूकम्पले निजी आवासमा क्षति पुर्‍याइ पुनःनिर्माणार्थ सूचीकृत गरेको तर पटक–पटक गरी २०७८ कात्तिक मसान्तससम्म म्याद थप्दा सम्झौता गर्न नआएकाको नाम लाभग्राही सूचीबाट हटाउने निर्णय गरेको थियो । सोही अनुसार काभ्रेपलाञ्चोकका पाँच हजार ३७२ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको जिल्ला कार्यान्वयन इकाई (भवन तथा आवास) प्रमुख इञ्जिनीयर सन्तोष निरौलाले बताउनुभयो ।

उहाँका अनुसार प्राधिकरणले जिल्लास्थित गतसाल पुसमा आवास पुनःनिर्माणमा सूचीकृत भई सम्झौतासमेत नगर्नेको नाम माग गरेको थियो । हालै सहरी विकास मन्त्रालयमार्फत आएको परिपत्रअनुसार आवास निर्माण अनुदानमा म्याद थप गरिएको प्रक्रियाअन्र्गत सम्झौता गरेको तर आवास निर्माण गर्न बाँकीले मात्रै अब कबुलियत गरी ‘म आउँदो फागुन महिनाभित्र घर बनाउछु’ भनेर स्थानीय जनप्रतिनिधिसँग प्रतिबद्धता जनाउनुपर्ने भएको निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो “प्राधिकरणबाट लाभग्राहीमा सूचीकृत भएको तर सम्झौता नगर्नेको पाँच हजारभन्दा बढीको सूची पठाइएको थियो, सोही अनुसार लाभग्राही सूचीबाट हटाइएको हो ।” प्राधिकरणले पुनःनिर्माणका लागि पहिलो किस्ता नलिएकाको पनि लाभग्राही सूचीबाटै हटाउने निर्णय गरेपछि उसले पुनः २०७८ साल कात्तिक मसान्तभित्र आवास अनुदान लिएर घर बनाइसक्नु पर्ने गरी गत असारमा म्याद थपेको थियो । यसअघि सम्झौता भएका भूकम्पपीडितले मात्रै प्रतिबद्धता जनाएर आवास पुनःनिर्माणको प्रथम किस्ताबापतको रु ५० हजार लैजान पाउनेछन् । दोस्रो किस्ताबापत एक लाख ५० हजार तथा तेस्रो किस्ताबापतको एक लाख रकम आवास पुनःनिर्माण सकेपछि दिने नीति छ । 

हालसम्म जिल्लामा निजी आवास पुनःनिर्माणमा सूचीकृत भएका ८४ हजार ६९० भूकम्पपीडित परिवारमध्ये पाँच हजार ३७२ सम्पर्कमा नआएका हुन् । जिल्लास्थित भवन तथा आवास कार्यालयका अनुसार ७९ हजार ४४० आवास पुनःनिर्माणका लाभग्राहीमध्ये हालसम्म ६५ हजार ८७६ लाभग्राहीले निजी आवास पुनःनिर्माण गरेका छन् । पहिलो किस्ताबापतको रु पचास हजार लिएकामध्ये ८७ दशमलब ३६ प्रतिशत लाभग्राहीले मात्रै दोस्रो र ८३ प्रतिशतले घर निर्माण सकेर तेस्रो किस्ताको रकम लिएका छन् । दुई हजार ४०१ लाभग्राहीले विभिन्न गैरसरकारी संस्थाबाट अनुदान रकम लिएर घर बनाएको निरौलाले जानकारी दिनुभयो । 

कार्यालयले तेस्रो किस्ताबापतको रकम भूकम्पीडितले बुझेको आधारमा काभ्रेपलाञ्चोकमा ८३ प्रतिशत आवास पुनःनिर्माण सकिएको जनाएको छ । कार्यालयमा हालसम्म स्वेच्छिकरुपमा ५२ जनाले आवास पुनःनिर्माणको पहिलो किस्ताबापतको रकम फिर्ता गरेका छन् भने सङ्घ संस्थामार्फत आवास पुनःनिर्माण गरेका १६६ जनाको बैंक खाताबाट रकम फिर्ता गराइएको छ । 

सङ्घ संस्थाको सहयोगमा निजी आवास पुनःनिर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान थियो । कार्यालयका अनुसार जिल्लाको भुम्लु गाउँपालिकामा सबैभन्दा बढी आवास पुनःनिर्माण भएको छ । छ हजार २६१ लाभग्राहीमध्ये ९३ प्रतिशत अर्थात् पाँच हजार ५६९ ले नीजि आवास निर्माण सकेका हुन् । सबैभन्दा कम बनेपा नगरपालिकामा ७१ दशमलव छ प्रतिशतले मात्रै घर निर्माण सकेका छन् । 

यसैगरी, धुलिखेल नगरमा चार हजार ३६२, मण्डनदेउपुर नगरमा आठ हजार ५९, नमोबुद्ध नगरमा पाँच हजार ३५९, पाँचखाल नगरमा आठ हजार १६८, पनौती नगरमा छ हजार ५४८ ले घर निर्माण गरिसकेका छन् । यस्तै, बेथानचोक गाउँपालिकामा तीन हजार ३४०, चौंरीदेउरालीमा पाँच हजार ४८२, खानीखोलामा दुई हजार ५५२, महाभारतमा दुई हजार ७१९, तेमालमा तीन हजार ९३१ र रोशी गाउँपालिकामा पाँच हजार ५० ले घर निर्माण सकेर अन्तिम किस्ता बुझेका छन् । रासस