• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   ललितपुरको महालक्ष्मीमा आगलागी, एकै परिवारका ५ जना घाइते ★   सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री ★   सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा ★   सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा, पहिलो नम्बरमै पालो ★   एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतको असन्तुष्टि ★   आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै ★   बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित ★   एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित ★   मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर ★   ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

सत्ता गठबन्धनमा सहभागी हुने/नहुनेमा नेकपा एस अझै अनिर्णित



काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुने विषयमा अनिर्णित भएको छ ।

बुधवार बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको तर निर्णय भने गरि नसकेको बताएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाकाअनुसार पार्टीले सरकारमा सहभागी हुन केही शर्त अघि सारेको छ । जसमा सरकारले देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, राष्ट्रियताको रक्षा र संवद्र्धन गर्न, भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्न, महंगी नियन्त्रण लगायत जनताका समस्याहरुको समाधान गर्ने र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने भएमात्रै सरकारमा सहभागी हुने भएको हो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले नयाँ समीकरणको आरम्भ गरेपछि हाम्रो पार्टीसँग नयाँ समीकरणमा सरकारको गठन र सञ्चालन तथा नीति कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) समान सहमभागिता र भुमिका रहने प्रश्ताव गर्नुभएको सन्दर्भमा बैठकमा छलफल भयो । उक्त प्रश्तावलाई सकारात्मक रुपले लिँदै प्रधानमन्त्रीसँग न्मिन विषयमा छलफल गरेपछि आवश्यक निर्णय गरिन्छ ।

देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न यस विषयमा । राष्ट्रियताको रक्षा र संवद्र्धन गर्ने । भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्ने विषयमा । महंगी नियन्त्रण लगायत जनताका समस्याहरुको समाधान गर्ने र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्नेगरी महत्वपूर्ण विषयमा एक पटक छलफल गरेर मात्रै आवश्यक निर्णय गर्ने ।

यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएर वार्ता गर्न पठाएका छाँै ।’

पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुनेबारे गठबन्धनमा सहभागी राजनीतिक दलहरुसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको छ ।