• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   धनुषाबाट आठ दिनदेखि बेपत्ता महिलाको शव फेला ★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल ★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले

कृष्ण कँडेलविरुद्ध जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता



काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता भएको छ ।

कँडेलविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा पीडित महिलाले नै फिर्ता लिएकी श्रोतले बताएको छ ।

इन्द्रेणीमा कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि जबरजस्तीको प्रयास भएको भन्दै कँडेलविरुद्ध फागुन १३ गते मुद्दा दर्ता गराएकी थिईन् । उनले कँडेलसँग कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन् ।

पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि कँडेलले पनि ती महिलाविरुद्ध दर्ता गराएका गाली बेइज्जतीको मुद्दा फिर्ता लिएका बताईएको छ ।