२५ कार्तिक २०८२, मंगलवार
,
Latest
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण रैथाने बाली संरक्षणमा प्रदेश सरकार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरू कार्यान्वयन गर्न थालिसकेको छुः अर्थमन्त्री खनाल सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” ‘सिडिओ’ पैदलै गाउँमा आएपछि… व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री लक्षित बाबुरामको टिप्पणी: व्यवस्था जोगाउने जिम्मेवारी पाएकाबाटै व्यवस्थामाथि संकट छ



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरुबाटै अहिलेको व्यवस्थामाथि संकट रहेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय तीनकुनेमा ११४ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विगतमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन क्रान्ती गर्नेहरुबाटै अहिले गणतन्त्रात्मक शासनलाई सक्ने काम भइरहेको बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई भर्खर जन्मिएको बालकको रुपमा चित्रण गर्दै उहाँले प्रधानमन्त्री दाहालले संघीयतालाई सक्ने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले अहिले सरकार बच्चाको खेल जस्तो गरेर बनाउने, गिराउने काम भइरहेको पनि बताउनु भयो । उहाँले काँग्रेस, कम्युनिष्ट, माओवादीहरु सबैको एउटै धर्म भनेको भ्रष्टाचार गर्नु रहेको बताउनु भयो ।

उहाँले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक सांसद नभएसम्म अस्थिरता कायम भइरहेको जिकिर गर्नुभयो । उहाँले आफ्नो पार्टी अरु पार्टी भन्दा उन्नत पार्टी भएकाले अरु पार्टीको पुच्छर नबन्ने दाबी गर्नुभयो । उहाँले क्रान्तिको नेतृत्व गरेकाहरु नै सरकारमा रहँदा पनि विकास हुन नसकेको भन्दै उनीहरुको निकम्मापन,भ्रष्टीकरण, परिवारवाद र नांगो प्रकारको राज्यको दोहनले गर्दा जनतामा वितृष्णा उत्पन्न भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राज्यमा अहिले जे भइरहेको छ, राज्यमा पनि बिस्तारै के हुन्छ भने क्रान्तिको यो नियमलाई बिर्सनु हुँदैन । यो कसैप्रति आग्रह, पूर्वाग्रह होइन । क्रमश: यो भ्रष्टीकृत हुँदै गयो त । हिजोका क्रान्तीकारी साथीहरुकै नेतृत्व होइन यो । पहिला त राजाको पालासम्म त थियो । तर हिजोकै हाम्रो क्रान्तीकारी साथीको निकम्मापनले गर्दा, भ्रष्टीकरण, परिवारवाद र नांगो प्रकारको राज्यको दोहनले गर्दा जनतामा जुन वितृष्णा पैदा भएको छ, यो व्यवस्था नै उल्टिने हो की भन्ने आशंका जुन छ, यो दोष यिनीहरुले नै लिनुपर्छ । हाम्रो पार्टी भनेको यिनीहरुको पुच्छर हुन जन्मेको पार्टी होइन । म स्वीकार्दै स्वीकार्दिन । यिनीहरु भन्दा अघि बढेको पार्टी बनाउन खोजेको हो । कतिपय अवस्थामा आफ्नो शक्ति आर्जन गर्न सहकार्य गर्ने काम हुन्छ । हाम्रो अफ्नो छुट्टै पहिचान कायम राखेर सहकार्य गर्ने हो । तर अहिले हाम्रो पार्टी पनि जसरी पनि हुन्छ, दुई चार सिट जित्ने, एक दुई जना मन्त्री बन्ने, अर्को चुनावका लागि पैसा उठाउने भयो भने अरु र हामीमा के फरक भयो ।’

‘हाम्रो पार्टी सबैभन्दा उन्नत चेतना बोकेको पार्टी हो । हुनुपर्छ । राज्यमा अहिले जे भइरहेको छ, त्यो गलत भइरहेको छ । हामीले हेर्दाहेर्दै जुन प्रकारको छ । एउटा संरचनाको समस्या छ, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक सांसद नभएसम्म अस्थिरता भइरहन्छ । त्यही भइरहेको छ । काँग्रेस, कम्युनिष्ट, माओवादी जे भन्नुस्, हाम्रो साझा गोत्र र धर्म एउटै भ्रष्टाचार नै छ । अहिले देशमा जे भइरहेको छ ठिक भइरहेको छैन । राजनीतिक घटनाक्रम जुन भएको छ, यसलाई हामीले सेतोलाई सेतो र कालोलाई भन्नुपर्छ । आग्रह पूर्वाग्रह कुनै पार्टी र व्यक्तिप्रति छैन । तर जुन ढंगले बच्चाको खेल जस्तो गरेर सरकार बनाउने, गिराउने जुन काम भएको छ, यो एउटा व्यक्तिको लागि जुन काम भएको छ, यसले यो व्यवस्थालाई नै वितृष्ण बढाउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने भनेर जुन हामीले जो मान्छेलाई साथ दिएका छौँ, यिनले नै बच्चालाई त काखमा लिएर रेटेको रेट्यै गरेका छन् । भर्खर जन्मिएको संघीय लोकतान्त्रिक गणतन्त्र जसलाई हुर्काउन भनेर जिम्मा दिइएको छ, उसैले काखमा राखेर रेट्न थालेपछि यिनको हातबाट सुरक्षा हुन्छ ? गम्भीर प्रश्न उठेकै छ । अहिलेका घटनाक्रमबारे हामी गम्भीर छौँ ।’

अध्यक्ष भट्टराईले अहिले अस्थिरता सिर्जना गरेर व्यवस्थालाई नै धराशायी बनाउने काम भइरहेको आरोप लगाउनु भयो ।