१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

सिंहदरबारमा चलहपहल घट्यो, संसद्को कार्यसूची प्रभावित

सिंहदरबारमा चलहपहल घट्यो, संसद्को कार्यसूची प्रभावित
अ अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनमा हेरफेर भई मन्त्रिमण्डल विस्तार जारी रहेकाले चलिरहँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल कम भएको छ ।

राजनीतिक भेटघाट र वार्ता प्रधानमन्त्री निवास बालुवाटार, विभिन्न पार्टीका कार्यालय र शीर्षनेताका निवासमा बढेपछि सिंहदरबारमा प्राय: लाग्ने भीडभाड पातलिएको छ । अन्य समयमा सिंहदरबार छिर्ने ढोकामा कार्यालय आउने र जाने समयमा प्रवेश पास जाँच गर्न सुरक्षाकर्मीलाई भ्याइनभ्याइ हुने गरेकामा त्यो भिड अहिले कम भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा विभागीयमन्त्री नहुँदा भेटघाट तथा नीतिगत निर्णय नहुने भएकाले चहलपहल कम भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले राजनीतिक हेरफेर र विभागीयमन्त्री नभएका कारण नीतिगत निर्णयहरु हाल नभएको बताउनुभयो ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन २१ गते नेपाली कांग्रेससमेतको गठबन्धन तोडेर नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)सँग सहयात्रा आरम्भ गरेपछि गर्नुभयो । नयाँ गठबन्धन निर्माण भएसँगै तीन पार्टीका तर्फबाट तीन मन्त्री नियुक्त भए पनि मन्त्रालयको कार्यभार तोकिएको छैन ।

संसदको कार्यसूची प्रभावित

सत्ता गठबन्धनमा हेरफेरसँगै सङ्घीय संसद्का कार्यतालिका पनि प्रभावित भएका छन् । यही फागुन २१ गतेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगन भई यही फागुन २४ गते बिहीबारका लागि निर्धारण गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बिहीबारको बैठकका विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको बताउनुभयो । विभागीयमन्त्री नहुँदा अहिले संसदीय समितिका बैठक पनि प्रभावित भएका छन् । सार्वजनिक लेखा समितिको उपसमितिको बैठक भने बसिरहेको छ । रासस