६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै आएको छ: अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन भन्दा झन आफूहरुको लागि अनुकुल बन्दै आएको बताउनु भयो । उहाँले अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको बताउनु भयो । उहाँले अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने बताउनु भयो । उहाँले राप्रपाको व्यवस्था परिवर्तन मुल मुद्दा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले आन्दोलनको शुरुवता गर्‍यौँ, त्यस बेलादेखि यहाँ आइपुग्दासम्म परिस्थिति झन भन्दा झन हाम्रो लागि अनुकुल बन्दै आएको छ । आन्दोलनका लागि ठिक वातावरण बनेको छ । हामीले भनेका थियौँ की, अहिले नेतृत्व मात्रै होइन, व्यवस्था नै असफल भइसक्यो मान्छे फेरेर मात्रामा फरक पर्ला, अलि राम्रो मान्छे भयो भने अलि राम्रो होला । तर यो व्यवस्था नै त्यस्तो छ की यो व्यवस्था रहेसम्म हामीले सुशासन, विकास र समृद्धिको कल्पना गर्न सक्दैनौँ । त्यसकारण अब समस्या व्यक्तिमा मात्र होइन, नेतृत्वमा मात्रै होइन, व्यवस्थामै भएको हुनोल व्यक्ति परिवर्तन गौण हो, व्यवस्था परिवर्तन मुल मुद्दा हो भनेका थियौँ । त्यो अहिले देखिएको छ । यो व्यवस्था रहेसम्म देशमा जे भइरहेको छ, त्यस्तो भइरहन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछ भन्ने जनतालाई लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएका छन् ।’

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछन् भन्नेकुरा जनतालाई लागेको बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएको बताउनु भयो ।