५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो



अ+ अ-

वीरगञ्ज । मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता चलेको सुख्खा हावा र गर्मी बढ्दै गएपछि सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

कार्यालयका अनुसार वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको छ । दूधे बालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्ेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो ।

रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी परेर दैनिक करिब ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको डा सिंहले बताउनुभयो । अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले शय्याको अभाव भएको र भूइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

लामखुट्टे नष्ट गर्न स्प्रे अभियान

गर्मीसँगै लामखुट्टेको प्रकोप बढ्न थालेपछि वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नष्ट गर्न स्प्रे अभियान सुरु गर्न लागेको छ । पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा लामखुट्टेको प्रकोप बढेर डेङ्गी, मलेरियालगायतका सङ्क्रमणको जोखिम बढ्ेको भन्दै महानगरपालिकाले लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरुवात गर्न लागेको हो ।

अभियानका क्रममा महानगरपालिकाले विभिन्न स्थानमा जमेका पानी सफा तथा स्प्रे गरिने महानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिनुभयो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाले भोलि बिहीबारदेखि महानगरका सबै वडामा स्प्रे गर्न लागेको हो । लामखुट्टेको प्रकोप र त्यसबाट फैलिनसक्ने रोगको सङ्क्रमण नियन्त्रणका लागि अभियान सुरु गर्न लागेको प्रमुख मियाँले बताउनुभयो ।

लामखुट्टेको लार्भा नष्ट गर्नका लागि बिहानको समयमा तीन चरण पम्प स्प्रे गर्ने तालिका रहेको जनाएको छ । औषधि, पानी र मट्टितेलको मिसावट गरी बनाइएको स्प्रे वीरगञ्ज महानगरकाको ३२ वटै वडामा छर्किने योजना रहेको छ ।रासस




भर्खरै