• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

गठबन्धनबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक सुरु



file photo

काठमाडौं । गठबन्धनबारे निर्णय गर्न नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बसिरहेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने या कांग्रेससँग सहकार्य गर्नेबारे निर्णय गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भेटेर सहकार्यको प्रस्ताव राखेका थिए ।

यस्तै, आज विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अध्यक्ष नेपालको कोटेश्वरस्थित निवास पुगेर सहकार्यको प्रस्ताव राखेका थिए ।