४ श्रावण २०८३, सोमबार
,
Latest
पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते इराकमा इरानी ड्रोनको अवशेष निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु बसही खोलाको पुल निर्माणमा वर्षौंको ढिलाइ युट्युबमा छाउँदै तीज गीत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश खतिवडा सेवा निवृत्त



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा सेवा निवृत्त भएका छन् ।

निडर, हक्की र न्याय सम्पादनमा निकै दक्ष मानिएका खतिवडा उमेर हदका कारण सेवा निवृत्त भएका हुन् ।

२०१५ साल फागुनमा उदयपुरमा जन्मिएका खतिवडा २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । त्यसअघि उनी २० वर्षभन्दा धेरै समय पुनरावेदन र जिल्ला अदालतमा काम गरेका थिए ।

उनले मदन भण्डारीको मृत्यु, दरबार हत्याकाण्डलगायत उच्चस्तरीय समितिमा समेत काम गरेका थिए ।