• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

सरकारमा सहभागिताबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालयको बैठक बस्दै



फाईल फोटो

काठमाडौं । नयाँ गठबन्धन र सरकारमा सहभागिताबारे निर्णय गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक बस्ने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन हिजो प्रस्ताव गरेका थिए । त्यसक्रममा नेपालले पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताएका थिए ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराउँदै सहभागि हुन आग्रह गरेका थिए । दाहाल र ओलीले गरेको प्रस्तावलाई नेकपा एकीकृत समाजवादीले सकारात्मक रुपमा लिएको छ ।