२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा सहभागिताबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालयको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । नयाँ गठबन्धन र सरकारमा सहभागिताबारे निर्णय गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक बस्ने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन हिजो प्रस्ताव गरेका थिए । त्यसक्रममा नेपालले पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताएका थिए ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराउँदै सहभागि हुन आग्रह गरेका थिए । दाहाल र ओलीले गरेको प्रस्तावलाई नेकपा एकीकृत समाजवादीले सकारात्मक रुपमा लिएको छ ।