२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कांग्रेसमाथि आक्रमण भएको सुरजपुराको घरलाई सङ्ग्रहालय बनाउन सुझाव

कांग्रेसमाथि आक्रमण भएको सुरजपुराको घरलाई सङ्ग्रहालय बनाउन सुझाव
अ अ+ अ-

लुम्बिनी । नेपाली कांग्रेसको साङ्गठनिक अभियानका क्रममा ४० वर्ष अघि रुपन्देहीको सुरजपुरामा भएको घटनामा दिवङ्गत हुनुभएका यादवनाथ आलोक र रामप्रसाद चौधरीको सम्झनामा स्मृतिसभा आयोजना गरिएको छ । नेपाली कांग्रेस रुपन्देहीको आयोजनामा घटना भएको स्थानमा ४० औँ स्मृतिसभा आयोजना गरिएको हो ।

विक्रम संवत् २०३६ को जनमत सङ्ग्रहमा बहुदल पराजित भएपछि निष्क्रिय भएको पार्टीलाई पुन: सशक्त तुल्याएर प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल पार्न नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालासहितका नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्यलगायत नेताको अगुवाइमा देशभर साङ्गठनिक अभियान सञ्चालन भएको थियो ।

अभियानका क्रममा  नेताहरुको टोलीले नेपाली कांग्रेस रुपन्देहीले तत्कालीन रुपन्देहीका सभापति पुष्पानन्द गिरिको देवदह नगरपालिका– ३ सुरजपुरामा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बहुदलविरुद्धको समूहले आक्रमण गरेको थियो । आक्रमणमा यादवनाथ आलोक र रामप्रसाद चौधरीले ज्यान गुमाउनुभयो भने घटनामा पार्टीका वर्तमान सभापति शेरबहादुर देउवासहित २७२ जना घाइते भएका थिए ।

स्मृतिसभाका वक्ताहरुले उक्त घटना भएको घरलाई सङ्ग्रहालय बनाउन सुझाव दिएका छन् । प्रजातन्त्रप्राप्तिको लागि सुरजपुरा घटना प्रस्थान विन्दु भएको बताउँदै उक्त घटनाको साक्षी बनेको घरलाई सङ्ग्रहालय बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले उक्त घर नेपाली कांग्रेसका लागि मात्रै नभएर लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्ने आन्दोलनका हिसाबले ऐतिहासिक भएको बताउँदै कुनै न कुनै रुपमा संरक्षण गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले उक्त घरलाई सङ्ग्रहालय बनाउने विषयमा धेरै प्रयास भएको बताउँदै सबैको एकतावद्ध प्रयासको खाँचो औँल्याउनु भयो ।

नेपाली कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकालले कांग्रेसलाई सिध्याउ खोज्नेहरुले पार्टीको अभियानका क्रममा सुरजपुरा घटना गराएको बताउनुभयो ।

सभामा लुम्बिनी प्रदेश सभा सदस्य देवीप्रसाद चौधरी, सहिद पत्नी सीता न्यौपाने, रुपन्देही क्षेत्र नं। १ का क्षेत्रीय सभापति हीराबहादुर खत्री, कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, सचिव परमानन्द भट्टराई, देवदह नगर सभापति गुणाखर भूर्तेल, वडा नं। ३ का वडा सभापति थमबहादुर बुढाथोकीले उक्त घरलाई सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिनुभएको थियो । रासस