२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन

प्रजातन्त्र आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणाली होइनः पूर्वराजा ज्ञानेन्द्र शाह

प्रजातन्त्र आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणाली होइनः पूर्वराजा ज्ञानेन्द्र शाह
अ अ+ अ-

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणाली मात्र होइन, यो सामाजिक जीवन पद्धति पनि रहेको बताउनु भएको छ ।

७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहने स्पष्ट गर्नु भएको छ ।

सन्देशमा उहाँले भन्नु भएको छ, “जनता र राजाको सहमतिबाट नेपाल खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति शुरु गरिएकोमा मुलुक दिनप्रति दिन जटिलतामा फस्दै गएको महशुस आम नेपालीले गरिरहेका छन् ।”

पूर्वराजा शाहले अगाडि भन्नु भएको छ, “राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौं ? सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको छ ।”

प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था हो, विश्वमान्य प्रजातन्त्रको सिद्धान्त अनुरुप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने हामी सबैको आकांक्षा हो भन्दै उहाँले अगाडि भन्नु भएको छ, “प्रजातन्त्र प्राप्तिको ७० वर्ष पछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त छौं, ग्रस्त छौं ।”

उहाँले प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो भन्दै जनताको आस्था, चाहना र जनभावना अन्तत अमिट रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिदैन बटारिन्न भन्नु भएको छ ।