२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन

पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि तत्काल फिर्ता लिन विद्यार्थी यूनियनको ज्ञापन पत्र

पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि तत्काल फिर्ता लिन विद्यार्थी यूनियनको ज्ञापन पत्र
अ अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ ।

बिहीबार अनेरास्ववियूले कोरोना कहर र लकडाउनका कारण मारमा परेका जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि गरिएको भन्दै मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल समक्ष ज्ञापनपत्र बुझाएको हो ।

विद्यार्थीहरुले बुझाएको ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा मूल्यवृद्धि गर्ने तर मूल्य घट्दा नेपालमा नघटाउने प्रवृति रहेको उल्लेख छ । यस्तै आयल निगम घाटामा गएको भन्दै करोडौं रकम बाड्ने गरेको पनि ज्ञापन पत्रमा उल्लेख छ । दुई रंगको सिलिन्डर बनाएर विद्यार्थीलाई सहुलियतपूर्ण दरमा ग्याँस उपलब्ध गराउने सहमती भएको भएपनि निगमले कार्यान्वयन नगरेको विद्यार्थीहरुले बताएका छन् । 

पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र विद्यार्थीलाई सहुलियत दिने पूर्वसहमती कार्यान्वयन विद्यार्थीहरुले माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बिगत तीन महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको भाउ वृद्धि भइरहेको बताउनुभयो । आयल निगम नोक्सानमा गईरहेको अवस्था रहेकाले मूल्य वृद्धि भएको पौडेलले बताउनुभयो ।

ज्ञापन पत्र बुझाइसकेपछि आयल निगम बाहिर भएको कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धि अस्वीकार्य रहेको बताउनुभयो । अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएपनि ५÷७ महिना मूल्य स्थिर राख्न सक्ने क्षमता आयल निगमसँग हुँदाहुँदै मूल्यवृद्धि गरिएको बताउनुभयो । ४८ घण्टा भित्रमा मूल्यवृद्धि फिर्ता नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत तामाङले दिनुभयो ।

विद्यार्थीहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने भन्दै आयल निगम अगाडि नाराबाजि समेत गरेका थिए । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इनधन ६७ रुपैयाँ कायम भएको छ ।