२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् नेपालका प्रशिक्षक ?



अ+ अ-

काठमाडौँ । मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको टी-२० सिरिजको फाइनल भिडन्तमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्‍यो ।

फाइनलमा पराजित भएपछि नेपालका प्रशिक्षक मोन्टी देसाइले योजना मैदानमा लागू गर्न नसकेकोले दबाबमा परेको बताएका छन् ।

मुख्य बलर अभिनास बोहराले राम्रो बलिङ गर्न नसकेको विषयमा देसाइले नामिबियासँग राम्रो खेलेकाले उनलाई टिममा मौका दिईएको बताए । उनले भने, ‘अब हामीलाई आफ्नो योजना मैदानमा लागू गर्न यो अनुभवले सहयोग गर्छ । हामीले नेदरल्यान्ड्ससँग राम्रै प्रतिस्पर्धा गर्‍यौं । नेदरल्यान्ड्स पनि ठूला टिमलाई हराएको टिम हो ।’

अब नेपालले आइसिसी विश्वकप २०२४ को तयारी स्वरूप हङकङमा त्रिकोणात्मक सिरिज खेल्दा आफ्नो ‘बेन्च बलियो’ बनाउन सजिलो हुने उनले बताए । विश्वकपअघि नेपालले भारतका दुई रणजी टिमसँग र ओमानमा एसिसी प्रिमियर कप खेल्ने भएकाले परीक्षण गर्न पर्याप्त समय भएको प्रशिक्षक देसाइ बताउँछन् ।

नेपालका कप्तान रोहित पौडेलले भने नेपालले आजको खेलमा १०-१५ रन कम भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘१०-१५ रन कम भयो । जुन हिसाबले राम्रो सुरू गरेका थियौं, तर हामीले लगातार विकेट गुमाउँदा २ सय रन बनाउन सकेनौं’।

उनले सिरिजमा पावर प्ले र डेथ ओभरमा नेपालले राम्रो बलिङ गर्न नसकेको बताउँदै यसबाट अनुभव मिलेको बताए ।