२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति आर्यघाटमा गरियो शालिनको अन्त्येष्टि



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । विद्यालयको होस्टेलमा मृत फेला परेकी छात्रा शालिन पोखरेलको मंगलबार अन्तिम संस्कार गरिएको छ । शालिनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

अन्तिम संस्कारमा उपस्थित आफन्तले शालिनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै न्यायका लागि माग गरेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन फागुन १२ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । शालीनको परिवारले उनको बलात्कार पछि हत्या गरेको आशंका जनाएका थिए । तर, त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमले उनको झुण्डिएर मृत्यू भएको रिपोर्ट दिएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । घटनास्थलमा भेटिएको सुसाइड नोट परीक्षणका लागि प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको छ ।

प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।