९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको मत महाधिवेशनमा कि चुनाव ?



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले संसद विघटनको विरोध गर्दै दोस्रो चरणको आन्दोलन पूरा गरेको छ । फागुन ३ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको काँग्रेसले अब अर्को चरणको आन्दोलन गर्ने कि नगर्ने रु कुनै निर्णय गरेको छैन । दुई चरणमा वडा, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र तथा प्रत्येक जिल्लामा विरोध प्रदर्शन गरको थियो । तर अहिलेसम्म आन्दोलन उसकै लागि बाध्यता जस्तै बनेको छ ।

सडकमा संसद् विघटनको विरोधमा नारा लगाए पनि नेताहरुले कार्यक्रममा खुलेर संसद् विघटन असंवैधानिक कदम भनेर भन्न सकेका छैनन् । दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत प्रत्येक जिल्लामा फागुन ३ गते भएको विरोध प्रदर्शनमा नेताहरुले आगामी चुनावको प्रचारसमेत गर्न भ्याए ।

काँग्रैस केन्द्रीय तहका नेताका अनुसार पार्टीभित्र उठेको संसद् विघटनको मद्दा चुनाव वा पार्टीको महाधिवेशन ? भन्ने प्रश्नसँग जेलिएको छ । सभापति शेरबहादुर देउवा समूह चुनावको सम्भावित नतिजालाई टेकेर पार्टीको बागडोर पुनः सम्हाल्ने उद्देश्यमा देखिन्छ भने इतर समूहले काँग्रेसभित्रको राज तोड्नका लागि चुनाव नभइ पार्टीको महाधिवेशनमा जानुपर्नेमा जोड गर्दै आएको छ । नागरिक दैनिकमा समाचार छ ।