९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता छल्न प्रजिअको सरुवाको तयारीः प्रचण्ड–नेपाल निकटलाई फिर्ता बोलाइँदै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि कामचालउन हैसियतमा रहेको सरकारले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित ठूलो संख्यामा सहसचिव सरुवाको तयारी गरेको छ । निर्वाचन भए आफू अनुकूल कर्मचारी परिचालन गर्ने मनसायले सरकार कर्मचारी सरुवामा केन्द्रीत भएको हो ।

सरकारले अघिल्लो सातामात्रै १६ जना सचिवको सरुवा गरेको थियो । साढे चार वर्षे कार्यकालका सचिवलाई ८ पटकसम्म सरुवा गरिएपछि सरकारी निर्णयको आलोचना भएको थियो । निर्वाचन आयोगले आचार संहित जारी गरेपछि अप्ठ्यारो पर्ने भएकाले त्यसअगावै सरुवाको तयारी गरेको स्रोतको दाबी छ ।

यसअघि, सरुवा भएका पूर्वमाओवादीनिकट फिर्ता बोलाउने रणनीति गृह मन्त्रालयले बनाएको छ । गृहमन्त्री रामबहादुर थापा पूर्वमाओवादी भए पनि कतिपय प्रजिअ व्यक्तिगतरुपमा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल निकट रहेकाले उनीहरुलाई फिर्ता बोलाउने तयारी गरेको स्रोतले बतायो ।

‘माओवादी निकट भए पनि पार्टी विभाजनपछि उनीहर गृहमन्त्री थापाकै लाइनमा नभएकाले सरुवा गर्न खोजिएको हो,’ स्रोतले भन्यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव–सहसचिवहरु गृह लैजाने र गृहका केहीलाई अन्यत्र पठाउने योजना बनाइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।