
काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना संक्रमित निको भएका छन् । माघ १३ देखि आजसम्म ३२ जनाको कोरोनाबाट निधन भएको मन्त्रालयले जनाएको छ ।