७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय बजार चौबिसै घण्टा खोल्न प्रस्ताव



अ+ अ-

काठमाडौं । नेपाल  घुम्न  आउने पर्यटकका   लागि   चौबिसै   घण्टा   पर्यटकीय बजार खोल्नुपर्ने  नेपाल  पर्यटन  बोर्डले  प्रस्ताव अघिसारेको  छध्र  सीमित  अवधिका  लागि  मात्र बजार  खुला  गर्दा  त्यसले  पर्यटकीय  गतिविधि खुम्च्याउने भएकाले चौबिसै घण्टा खुला हुनुपर्ने बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए । 'राति  आठ  बजे  नै  होटलभित्र  प्रवेश गर्नुपरेपछि  पर्यटकले  नेपाल  कति  घुम्न  सक्छन् ?’  

उनले   भने,'अब   चौबिसै   घण्टा पर्यटकीय बजार खोलौँ । ’ कोरोना  सङ्क्रमणको  परिस्थितिमा  विगत एक  वर्षमा  बोर्डले  गरेका  काम  सार्वजनिक  गर्न बिहीबार  आयोजित  कार्यक्रममा  उनले  पर्यटक भित्र्याउन   क्वारेन्टिन बाधक भएको स्पष्ट पारे । परिस्थिति  सामान्य  भइसक्दा  पनि नेपालमा  अन्तर्राष्ट्रियको  उपस्थिति  शून्यजस्तै भएकाले  सरकारले  पर्यटक  भित्र्याउने  सहज बाटो खोलिदिनुपर्ने उनको भनाइ थियो ।

सामाजिक दूरी पालना गर्ने,मास्क लगाउनेजस्ता  नियमलाई  थाँती  नै  राखेर  पाँच दिन क्वारेन्टिन बस्नैपर्ने बाध्यता भने हटाउनुपर्ने उनले  बताए । विश्वका  विभिन्न  देशले विस्तारै  अन्तर्राष्ट्रिय  पर्यटकका  लागि  खुला गरेको  अवस्थामा  नेपाल  अब  पछाडि  पर्न  नहुने उनको  भनाइ  थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।