९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब प्रदेशसभा विघटनको पालो आएको हो ?



अ+ अ-

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा संसदीय दलको विधान कार्यान्वयन नगरे प्रदेशसभाको औचित्य नरहने बताएका छन् । उनले सभामुख भण्डरीले संसदीय दलको विधानको व्यवस्था प्रदेशसभा नियमावलीमा नभएको भन्दै गलत नजिर बसाउन खोजेको आरोप लगाए ।

‘संसदीय अभ्यासमा दलको विधान नमान्ने कहीँ हुन्छ ?,’ उनले भने, ‘जबर्जस्ती कब्जा गर्ने, भत्काउने, भाँडभैलो गर्ने काम भइरहेको प्रदेशसभाको औचित्य समाप्त भएर भंग नहोला भन्न सकिँदैन ।’ आफू राम्रो थिति बसाएर संघीयताको रक्षा र कार्यान्वयन गर्ने पक्षमा रहेकाले प्रदेशसभा भंग गर्ने कुनै मनसाय नरहेको तर भाँडभैलो मचाएर गलत मनसायका साथ जबर्जस्ती कब्जा गर्न खोजियो भने प्रदेशसभा भंग हुने अवस्था आउन सक्ने उनको भनाइ थियो ।

भंगको अवस्थामा पुग्यो भने सबै प्रदेशसभा भंग हुने उनले बताए । दलका सदस्य विधान कुल्चेर, विधानविपरीत दल र दलको नेतालाई जानकारी नदिइ प्रस्ताव लैजान पाउने व्यवस्था नेकपा संसदीइ दलको विधानमा नभएको भन्दै राईले सडकमा टाको गनेर मान्यता दिन नसकिने बताए । कान्तिपुर दैनिकमा समाचार छ ।