• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

गण्डकीका मुख्यमन्त्रीले गरे माओवादीका दुई मन्त्री बर्खास्त



पोखरा । गण्डकी प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बनेको सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।

उनले सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्रीमा नियुक्त गरेका थिए । उनले यसबारे केन्द्रमा जे भयो त्यही अनुसार नै आफूले निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘गण्डकी सरकारमा दुई वटा पार्टी सरकारमा थिए । माओवादीका मन्त्रीलाई हटाएका हौँ । माथि जे भएको यहाँ पनि त्यति गरेको हो । प्रधानमन्त्रीले परिवर्तन गर्नुभयो, यहाँ मुख्यमन्त्रीले गरे।’