२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’
अ अ+ अ-

सिरहा । सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण गरिएको निस्सापत्र प्राप्त गरेपछि उहाँका मुहारमा खुसी छाएकोे हो ।

“यही पाउनका लागि धेरै वर्षको प्रतिक्षा थियो । पुस्तौँपुस्ता बिताउनुपर्यो”, हातमा निस्सापत्र देखाउँदै उहाँले भन्नुभयो, “धेरै खुसी लागेको छ । हामीले दु:खजिलो गरी गुजरा चलाउने जमिनको मालिक आफैँ हुन पाइनेभयो । यो पत्र ९निस्सापत्र० लगेर घरमा श्रीमान्लाई देखाउँछु, उहाँ पनि खुसी हुनुहुन्छ ।”

लक्ष्मीजस्तै सोही वडाका रामप्रसाद महतो पनि खुसी देखिनुहुन्थ्यो । “भूमिको नाममा कहीँकतै केही नभएको म यो निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ”, उहाँले भन्नुभयो, “निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो महसुस गरेको छु, अब सरकारले जग्गा दिनेमा विश्वस्त छु ।” चौधरी र महतोजस्तै वडा नं १६ का तीन सय ७६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थितरूपमा बसोबास गर्दै आएका परिवारले सोमबार निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन् ।

वडावासीलाई भूमिको अधिकार दिलाउन वडा र नगरको सहजीकरण समितिबाट प्रमाणीकरण गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरी नगरपालिकाले निस्सा वितरण गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वषौँदेखि जोतभोग गरेका तर आफ्नो नाममा जग्गा नभएका यहाँका भूमिहीनलाई जग्गा दिलाउन हामीले विभिन्न वडामा पहिलो चरणको प्रक्रिया सुरु गरिसकेका छौँ । निस्सा वितरणका आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने छ । सम्पूर्ण प्रक्रिया पूरा गरी एक महिनाभित्रै जग्गाधनी पुर्जा वितरण गर्नका लागि राष्ट्रिय भूमि आयोगका प्रतिनिधिलाई अनुरोध गर्दछु ।”

नागरिकलाई अधिकारसहित गाँसबासको व्यवस्था गर्नु राज्यको दायित्व भएको जनाउँदै नगरपालिकाका उपप्रमुख रापचलितार महतोले वर्षौँदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा प्राप्ति भूमिप्राप्तिको आधार बनेको बताउनुभयो । नगरपालिकाले गत माघ २८ गते वडा नं १५ का सात सय ७६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सापत्र वितरण गरेको थियो ।

राष्ट्रिय भूमि आयोग सिराहाका अध्यक्ष रामअधिन यादवले नागरिकलाई जग्गाविहीन हुन नपरोस् भनी आयोगले काम गरिरहेको बताउनुभयो । उहाँको अनुसार १० वर्षसम्म एउटै जमिन जोतभोग गर्ने नागरिकलाई डेढ बिघासम्म उक्त जमिनको लालपुर्जा पाउने अधिकार हुनेछ । उहाँका अनुसार सिरहा जिल्लामा अहिलेसम्म आठ हजार सुकुम्बासी र तीन हजार आठ सय अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि आ–आफ्नो बसोबास रहेको पालिकामा निवेदन दिएका छन् । रासस